
धरान उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ्गको अग्रता कायमै छ । उहाँ नेपाली काँग्रेसका उम्मेदवार भन्दा २सय ६५ मतले अघि हुनुहुन्छ । मेयरमा स्वतन्त्र उम्मेद्वार हर्क साम्पाङ्गले मतान्तर बढाएर अग्रता लिनुभएको हो । स्वतन्त्र उम्मेदवार हर्क साम्पाडले ९ हजार ३ सय ७३ मत पाउनुभएको छ । उहाँलाई पछ्याइरहेका गठबन्धनका मेयर उम्मेद्वार किशोर राईले ९१२८ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेकी उम्मेद्वार मञ्जु भण्डारीले ७३४९ मत प्राप्त गर्नुभएको छ । उपमेयरमा भने गठबन्धनका उम्मेद्वार अइन्द्रबिक्रम बेघाले १०२६६मत प्राप्त गर्नुभएको छ् । एमालेका उम्मेद्वार पदम इस्वोले ९८३१ मत प्राप्त गर्नुभएको छ ।



