About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ५ जेठ
उर्लाबारी नगरपालिकाले महिला वडाध्यक्ष पाएको छ । वडा नं. ७ मा विजय हासिल गर्दै नेकपा एमालेकी उर्मिला थापा पहिलो महिला वडाध्यक्ष बनेकी छिन् । आज बिहान घोषणा गरिएको मत परिणाम अनुसार थापा १४५५ मत प्राप्त गरी विजयी भएकी हुन् ।
वडाध्यक्षमा काँग्रेसका वीरबल थापाले ११४४, स्वतन्त्र उम्मेद्वार छत्रबहादुर कार्कीले ५३७, माओवादी केन्द्रका पवन चौधरीले २०५, राप्रपाका ज्ञानेन्द्र ओलीले १५२, स्वतन्त्र दिलकुमार श्रेष्ठले ३९ र मंगोल नेशनल अर्गनाइजेशनका पूर्णबहादुर लिम्बूले १२ मत प्राप्त गरे ।
महिला वडा सदस्यमा नेकपा एमालेकी मनमाया तामाङ १५२१ मतका साथ विजयी भएकी छिन् । सो पदमा नेपाली काँग्रेसकी शोभितमाया तामाङले १४०८, राप्रपाकी कमलाकुमारी दाहालले २१२ र नेकपा एसकी सीताकुमारी पराजुलीले १२० मत प्राप्त गरे ।
दलित महिला सदस्य र खुला दुई सदस्यमा नेपाली काँग्रेसका उम्मेद्वार विजयी भएका छन् । दलित महिला सदस्यमा नेपाली काँग्रेसकी मञ्जु परियार १५७५ मतका साथ विजयी हुँदा नेकपा एमालेकी कविता सिवाले १३९४, राप्रपाकी कमला सुन्दासले १८६, नेकपा एसकी शान्ति सुन्दास दर्जीले १२८ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सुनी दर्जीले २२ मत प्राप्त गरे ।
वडा सदस्यमा नेपाली काँग्रेसका सुमन कार्की १५७७ र काँग्रेसकै सन्तोष निरौला १४३६ मत ल्याएर विजयी बने । वडा सदस्यमा एमालेका राजनप्रसाद दाहालले १३२२, हरिप्रसाद ढकालले १२९२, माओवादी केन्द्रका यमलाल रसाइलीले २५६, सरोज बस्नेतले २५३, राप्रपाका वेदप्रसाद शिवाकोटीले २२५, टेकनाथ नेपालले १९४ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका गोपाल पौडेलले १७ मत प्राप्त गरे ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय