
उर्लाबारी, ४ जेठ
काँग्रेसको गढ मानिएको मोरङको सुनवर्षी नगरपालिकामा नेकपा एमालेले जित हाँसिल गरेको छ । नेकपा एमालेका श्यामप्रसाद राजवंशी ८६३९ मतका साथ नगर प्रमुखमा विजयी भएका छन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका यज्ञबहादुर कार्कीले ६९५२, जसपा नेपालका सदानन्द यादवले ३९८५ मत प्राप्त गरे ।
यस्तै, उपप्रमुखमा एमालेकै मिरा देवी दास केवरत ८३८३ मतका साथ विजयी भएकी छिन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसकी विमलादेवी केवरतले ७४२७ मत प्राप्त गरिन् ।
सुनवर्षीमा एमाले र काँग्रेसले ४, ४ र माओवादी केन्द्रले १ वडाध्यक्ष जितेका छन् । वडा नं. १ को वडाध्यक्षमा काँग्रेसका विरबहादुर राई, वडा नं. २ मा काँग्रेसकै विनोदकुमार राजवंशी, वडा नं. ३ मा एमालेका अतनकुमार बुढाथोकी, वडा नं. ४ मा काँग्रेसका छेदिया यादव, वडा नं. ५ मा माओवादी केन्द्रका युगेश्वर प्रसाद ठाकुर, वडा नं. ६ मा एमालेका कमलकुमार मोक्तान, वडा नं. ७ मा एमालेकै संजयकुमार सिंह, वडा नं. ८ मा काँग्रेसका अनुवार मियाँ र वडा नं. ९ मा एमालेका ध्रुवकुमार सिंह गनगाई निर्वाचित भएका छन् ।



