About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ४ जेठ
उर्लाबारी नगरपालिकाको मेयरमा नेकपा एमालेका गंगाप्रसाद खरेलले अग्रता कायमै राखेका छन् । अहिले साढे चार बजेसम्म गणना भएको २३ हजार ७२२ मत मध्ये खरेलले ९७२४ मत प्राप्त गरेका छन् । मेयरमै काँग्रेसका खड्ग फागोले ८०६३, नेकपा एकीकृत समाजवादीका मानबहादुर श्रेष्ठले १७९४ मत प्राप्त गरेका छन् ।
यस्तै, उपमेयरमा नेकपा एमालेकी मीना खतिवडा पौडेलले ८६२५ मतका साथ अग्रता कायम गरेकी छिन् । उपमेयरमा काँग्रेसकी सीता कार्कीले ८३७४, नेकपा माओवादीकी शिला भट्टराईले १२४० मत प्राप्त गरेका छन् । उर्लाबारीमा २९ हजार ४६७ मत खसेको थियो । अहिले वडा नं. ७, ८ र ९ को मतगणना भइरहेको छ ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय