About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

लेटाङ, ४ जेठ
मोरङको लेटाङ नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै मेयरमा नेकपा एमालेका भुपेन्द्रकुमार लावती विजयी भएका छन् । काँग्रेसका ज्ञानेन्द्र ढकाललाई २१२२ मत अन्तरले पराजित गर्दै लावती विजयी भएका हुन् । लावतीले १० हजार २२७ मत प्राप्त गरे भने ढकालको पक्षमा ८१०५ मत प्राप्त भयो ।
मेयरमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कृष्णकुमार लिम्बूले २८२, मंगोल नेशनल अर्गनाइजेशनका विशाल चेम्जोंगले २६६, राप्रपाका होमनाथ धमलाले ७०, खम्बुवान राष्ट्रिय मोर्चा नेपालका दिलराम राईले १७ र स्वतन्त्र उम्मेद्वार बुद्धिबहादुर श्रेष्ठले ७ मत प्राप्त गरे ।
यस्तै, उपमेयरमा नेकपा एमालेकै कृष्णकुमारी पोखरेल विजयी भइन् । उनले ९४६० मत प्राप्त गरी विजयी हुँदा नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद लम्सालले ४९०५ मत प्राप्त गरे । उपमेयरमा नेकपा एकीकृत समाजवादीकी शान्ति पाख्रिन लामाले १६६७ र मंगोल नेशनल अर्गनाइजेशनका बिमला राईले ३०३ मत प्राप्त गरेका छन् । लेटाङको ६ वडामा नेकपा एमाले र ३ वडामा नेपाली काँग्रेसले विजय हासिल गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय