About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

ताप्लेजुङ, २९ असार
ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रको विकासका लागि झापाको दमकस्थित एक संस्थाले १७ लाख रुपैयाँ सहयोग गरेको छ । दमकको धर्म दर्शन फाउण्डेशन नेपालले पाथीभरा क्षेत्रको विकासका लागि उक्त सहयोग गरेको हो ।
फाउण्डेशनले पाथीभरामा पुराण लगाई समापनको दिन आज भक्तजनहरुको सुविस्ताका लागि काफ्लेपाटीमा विश्रामालय बनाउन पाथीभरादेवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्धन समितिलाई सहयोग गरेको हो । फाउण्डेशनका तर्फबाट पण्डित कुवेर सुवेदीलगायतल समितिका अध्यक्ष तारानाथ घिमिरेलाई नौ लाखको चेक र तीन लाख नगद र ५४ थान कम्मल प्रदान गरे । बाँकी पाँच लाख रुपैयाँ फाउण्डेशनले पछि पठाउने बताइएको छ । काफ्लेपाटीमा तीर्थयात्रीका लागि विश्रामस्थल निर्माण गर्ने प्रयोजनका लागि उक्त रकम प्राप्त भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय