About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ४ जेठ
उर्लाबारी–४ मा २०४३ सालदेखिका जनप्रतिनिधि लक्ष्मीनारायण धिमाल वडाध्यक्ष पदमा ४३ मतले पराजित भएका छन् । आज सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार उनी नेपाली काँग्रेसका कल्याणकुमार राईसँग ४३ मतले पराजित भएका हुन् । राई १२४२ मत प्राप्त गरी विजयी हुँदा धिमालले ११९९ मत प्राप्त गरे ।
२०४३ सालमा तत्कालीन उर्लाबारी १ मा जनपक्षीय उम्मेद्वारका रुपमा विजयी भएका धिमाल २०४९ र २०५४ सालको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेको तर्फबाट विजयी भएका थिए । राज्यको पुनर्संरचनासँगै तत्कालीन उर्लाबारी वडा नं. १ र ५ मिलेर अहिले वडा नं. ४ बनेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि उनी वडाध्यक्षमा निर्वाचित भएका थिए ।
यो वडामा चार जना वडा सदस्य नेकपा एमालेका विजयी भएका छन् । महिला सदस्यमा कृष्णमाया कडरिया १५२६, दलित महिला सदस्यमा अमृता नेपाली १६७९, सदस्यमा सुरेन्द्र न्यौपाने १३२६ र शेखरनाथ दाहाल १३०९ मतका साथ विजयी भएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय