About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ४ जेठ
उर्लाबारी नगरपालिका वडा नं. ४ र ५ को चुनावी परिणामले नेकपा एमाले र नेपाली काँग्रेसमा एक किसिमको तरंग सिर्जना गरिदिएको छ । एमालेको पकड मानिएको वडा नं. ४ को वडाध्यक्षमा काँग्रेसका कल्याण राई विजयी भए । यो वडामा अन्य चार सदस्य नेकपा एमालेका विजयी भए । यहाँ नेकपा एमालेका वडाध्यक्ष पदका उम्मेद्वार लक्ष्मीनारायण धिमालमाथि अन्तरघात भएको चर्चा सुरु भएको छ ।
उता, वडा नं. ५ मा एमालेका रविन लामा वडाध्यक्षमा विजयी हुँदा अन्य चार सदस्य नेपाली काँग्रेसका विजयी भएका छन् । यहाँ पनि काँग्रेसका वडाध्यक्ष पदका उम्मेद्वार तुलबहादुर थापामाथि अन्तरघात भएको बताइएको छ । वडा नं. ४ र ५ को यो नतिजालाई लिएर काँग्रेस, एमालेका कतिपय कार्यकर्ताहरु सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्न थालेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय