
उर्लाबारी, ४ जेठ
उर्लाबारी नगरपालिकाका ६ वटा वडाको मत गणना समाप्त हुँदा एमाले र काँग्रेसले तीन, तीन वडाध्यक्ष जितेका छन् । वडा नं १, ३ र ५ मा नेकपा एमाले र २,४ र ६ मा नेपाली काँग्रेसले वडाध्यक्षमा जित हात पारेको छ ।
वडा नं. १ को वडाध्यक्षमा एमालेका तिलक पाण्डे प्यानलसहित विजयी भएका हुन् । वडा नं. २ को वडाध्यक्षमा नेपाली काँग्रेसका राजन कँडेल निर्वाचित हुँदा उक्त वडामा तीन जना सदस्य नेकपा एमालेका विजयी भए । वडा नं .३ मा नेकपा एमालेका भीष्म बुढाथोकी प्यानलसहित विजयी भएका छन् ।
वडा नं. ४ मा काँग्रेसका कल्याण राई वडाध्यक्षमा विजयी हुँदा अरु चार सदस्य नेकपा एमालेका विजयी भए भने वडा नं .५ मा एमालेका रविन लामा वडाध्यक्षमा विजयी हुँदा अन्य चार सदस्य नेपाली काँग्रेसका विजयी भए । वडा नं. ६ मा वडाध्यक्ष चिन्तामणि पौडेलसहित सबै सदस्य नेपाली काँग्रेसका विजयी भएका छन् । अहिले वडा नं. ७, ८ र ९ को मत गणना जारी रहेको छ ।



