About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी, २९ असार
सुनसरीको इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले आफ्नो कार्यकालभरिमा इटहरीका सबै मुलबाटोहरु कालोपत्रे गर्न नसके राजनीतिबाटै सन्यास लिने बताएका छन् । इटहरी वडा नम्बर २ को वडा कार्यालय भवन उद्घाटन गर्दै प्रमुख चौधरी बहुवर्षे योजना अन्तर्गत धेरै योजना सञ्चालनमा रहेको जानकारी दिए ।
‘केही योजना निर्माण भइसकेका छन्’ उनले भने, ‘चालु आर्थिक वर्षमा ६० वटा योजना टेण्डर भइसकेका छन् ।’ प्रमुख चौधरीले इटहरी उपमहानगरपालिकाले पूर्वाधार निर्माणमा फड्को मारेको दाबी गरे । उनले समयमै वडा कार्यालय भवन र आधारभूत स्वास्थ्य इकाई भवन निर्माण सकेकोमा धन्यवाद ज्ञापन दिए ।
कार्यकाल पूर्वाधार निर्माणमा कोशेढुंगा सावित- उपमेयर
वडा कार्यालय उद्घाटन कार्यक्रममा इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले यो कार्यकाल पूर्वाधार निर्माणमा कोशेढुंगा सावित हुने बताइन् । उपमहानगरपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताउँदै उनले वडा कार्यालय भवनहरुको निर्माण, प्रत्येक वडामा आधारभूत स्वास्थ्य इकाई भवन निर्माण, बहुवर्षे योजना अन्तर्गत गाउँ गाउँका मूलबाटोहरु कालोपत्रे भएको बताइन् । उनले पाँच वर्षे कार्यकालमा सम्झनलायक पूर्वाधार निर्माण गरिने बताइन् ।
वडा नं. २ मा बन्यो पहिलो वडा कार्यालय भवन


इटहरी उपमहानगरपालिकामा वडा नम्वर २ को भवन यो कार्यकालमा निर्माण भएको पहिलो वडा कार्यालय भवन हो । सव इन्जिनियर खेमकुमार श्रेष्ठका अनुसार दुईतले वडा कार्यालय भवन १ करोड १७ लाख ६० हजारको लागतमा बनेको हो । आजै उद्घाटन गरिएको आधारभूत स्वास्थ्य इकाई भवन ४९ लाख ९७ हजारमा निर्माण सम्पन्न गरिएको हो । वडा नम्वर २ का वडाध्यक्ष हर्क मगरले वडा नम्वर २ पारदर्शिताका सम्बन्धमा ऐना बराबर रहेको बताए । कार्यक्रममा कार्यपालिका सदस्य गंगा गुरुङ, स्थानीय फूलराज सुवेदी, जग्गा दाता सुन्दरदेवी मन्दिर काब्य वाटिकाकी अध्यक्ष पुण्यप्रभा गुरागाई र जसपा वडा नम्वर २ अध्यक्ष दुर्गा गुरुङले आफ्नै कार्यालय भवन भएपछि जनतालाई वडाबाट सेवा लिन सहज हुने बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय