
उर्लाबारी, ३१ बैशाख माेरङकाे लेटाङ नगरपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता कायम गरेको छ । वडा नं ९ काे ४०० मत गणना गर्दा एमालेका भुपेन्द्र लावतले २१२ र नेपाली काँग्रेसका ज्ञानेन्द्र ढकालले १६५ मत प्राप्त गरेका छन् । यस्तै उपमेयरमा एमालेकी कृष्णकुमारी पाेखरेलले २०७ र नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद लम्सालले १२१ मत पाएका छन् । लेटाङमा नेपाली काँग्रेस र माओवादीले गठबन्धन गरेका छन् ।