About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ३१ वैशाख     माेरङकाे उर्लाबारीकाे मेयरमा एमालेका गंगाप्रसाद खरेलले अग्रता कायम गरेका छन् । वडा नं १ काे ५०२ र वडा नं ३ काे १०० गरि ६०२ मत गणना गर्दा खरेलले २२१ मत प्राप्त गरेका छन् । यस्तै नेपाली काँग्रेसका खड्ग फागाेले १३०, नेकपा एसका मानबहादुर श्रेष्ठले १२१, राप्रपाका विनाेद पाेख्रेलले २७, मंगाेल नेशनल अर्गनाइजेसनका माेहनबहादुर राईले १४ र स्वतन्त्र उम्मेदवार युवराज न्याैपानेले १ मत पाएका छन् । उपमेयरमा एमालेकी मीना खतिवडा पाैडेल २२७, काँग्रेसकि सीता कार्की ११८, माओवादी केन्द्रकि टीका भट्टराई ६०, राप्रपाकि निरुपा खड्का ३५, मंगाेल नेशनल अर्गनाइजेसनकि विष्णुमाया तामाङ २०, संघीय लाेकतान्त्रिक राष्ट्रिय मञ्चकि दिलकुमारी लावती ५ र स्वतन्त्र उम्मेदवार मुक्ति न्याैपानेले १ मत पाएका छन् । अहिले वडा नं १,२ र ३ काे मतगणना जारी छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय