About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २७ वैशाख
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको मौन अवधि सुरु भएको छ । अब निर्वाचन प्रक्रिया र मतगणनाका विषयमा चासो हुन थालेको छ । उर्लाबारीमा मतगणना स्थलमा सीसी क्यामेरासहित तारजालीको व्यवस्था गरिएको छ । सुरक्षित तवरले मतगणना गर्ने उद्देश्यले निर्वाचन अधिकृतको कार्यालयले सीसी क्यामेरा जडान गरी तारजाली लगाएको हो ।
मतदान सम्पन्न भएपछि ९ वटै वडाबाट ल्याइएका मतपेटिकालाई भण्डारण गर्ने स्थानमा पनि सीसी क्यामेरा जडान गरिएको छ । साथै, नगरपालिका कार्यालयमा तीन स्थानमा मतगणना गर्ने व्यवस्था मिलाइएको छ । उर्लाबारीका निर्वाचन अधिकृत ओमकारप्रसाद न्यौपानेले मतदान सकिए लगत्तै मतगणना गर्न मिल्ने गरी सुरक्षित मतगणना स्थलको निर्माण गरिएको बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय