About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २७ वैशाख
स्थानीय तह निर्वाचनको प्रचारको अवधि समाप्त हुन लागेको छ । उम्मेद्वार मनोनयनसँगै सुरु भएको घरदैलो तथा विभिन्न माध्यमबाट भोट माग्ने कार्य आज मध्यरातबाट सकिँदै छ ।
यसैक्रममा उर्लाबारी ४ मा नेकपा एमालेका उम्मेद्वारहरु उत्साहित देखिएका छन् । ‘हामी प्रत्येक टोल टोल र अधिकांश घरमा पुग्यौं’ वडाध्यक्ष पदका उम्मेद्वार लक्ष्मीनारायण धिमालले भने, ‘वडाबासी मतदाताको सकारात्मक प्रतिक्रिया पाएका छौं । उहाँहरु हाम्रो नेतृत्वप्रति विश्वस्त हुनुहुन्छ ।’ अहिलेसम्म यो वडाको नेतृत्व एमालेले मात्र गरेको र अब पनि वडाबासीले आफूहरुलाई नै जिताउनेमा ढुक्क रहेको धिमालको भनाई छ ।
‘हामीले वडाको विकासका लागि प्रतिबद्धता पत्र घरघर, हात हातमा पु¥याएका छौं’ वडा सदस्य पदका उम्मेद्वार शेखरनाथ दाहालले भने, ‘उहाँहरुको सकारात्मक प्रतिक्रियाले हामी उत्साहित छौं ।’ नेकपा एमालेले वडामा तीन जना निवर्तमान र दुई जना नयाँ उम्मेद्वार अघि सारेका कारण पनि वडाको सन्तुलित विकासमा ध्यान पुग्ने वडाबासीको भनाई छ ।
एमालेबाट २०४३ सालदेखि हालसम्म अपराजित वडाध्यक्ष लक्ष्मीनारायण धिमाल पुनः वडाध्यक्ष पदको उम्मेद्वार बनेका छन् । यस्तै, महिला सदस्यमा कृष्णमाया कडरिया, दलित महिला सदस्यमा अमृता नेपाली उम्मेद्वार छन् । उनीहरु दुवै जना गत स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधि हुन् । खुला वडा सदस्यमा भने शेखरनाथ दाहाल र सुरेन्द्र न्यौपाने उम्मेद्वार छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय