About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २७ वैशाख
चुनाव प्रचारको अन्तिम दिन उर्लाबारी ७ मा नेपाली काँग्रेसले आज ¥याली निकालेको छ । सयौंको संख्यामा रहेका काँग्रेस नेता, कार्यकर्ता र समर्थक वडाबासीले ¥यालीमा सहभागिता जनाएका थिए ।
उर्लाबारी–७ मा नेपाली काँग्रेसबाट वडाध्यक्षको उम्मेद्वार वीरबल थापालगायत उनको टिम र नगर प्रमुखका उम्मेद्वार खड्ग फागो, उपप्रमुखकी उम्मेद्वार सीता कार्कीको पक्षमा जनलहर उर्लिएको हो । यो जनलहरबाट पुनः चुनाव जित्नेमा वडाध्यक्षका उम्मेद्वार वीरबल थापा उत्साहित छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी फराकिलो मतान्तरका साथ वडाध्यक्षमा विजयी भएका थिए । उनै थापाले यस पटक पनि वडाध्यक्षको टिकट पाएका छन् ।
पाँच वर्ष वडाबासीकै सेवा गरेका थापा अधुरा कार्य पूरा गर्न आफू लागिपरेको बताउँछन् । उम्मेद्वारी दर्ता गरेसँगै उनी वडाका विभिन्न टोलमा आफ्ना एजेण्डा लिएर पुगे । उनलाई सिंगो पार्टी पंक्ति, वडाबासी र युवाहरुले साथ दिए ।
लामो समय उर्लाबारीमा नेपाली काँग्रेसको नेतृत्व गरेका वीरबल थापाले विभिन्न सामाजिक संघसंस्थाको नेतृत्व समेत गरिसकेका छन् । वडाध्यक्ष भएपछि वडाबासीको सेवामा आफूलाई समर्पित गरेको बताउने उनी पुनः एक पटक वडाको सेवा गर्न चाहेको बताउँछन् । घरदैलो कार्यक्रममा प्राप्त प्रतिक्रियाले आफू उत्साहित भएको उनको भनाई छ । वडाध्यक्षका उम्मेद्वार थापासँगै सदस्य पदका उम्मेद्वार सन्तोष निरौला, सुमन कार्की, शोभितमाया तामाङ र मञ्जु परियार उम्मेद्वार रहेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय