About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २७ बैशाख
पति शोकमा रहेकी उर्लाबारी ७ मा नेकपा एमालेबाट वडाध्यक्ष पदकी उम्मेद्वार उर्मिला थापाले हिजो र आज दुई दिन मात्र चुनावी प्रचार गर्न पाइन् । पति वीरबहादुर थापाको १२ औं दिनको शुद्धाई सकेर घरदैलोमा निस्किएकी थापाले कोणसभामा गरेको पहिलो मन्तव्यले नै वडाबासीलाई प्रभावित तुल्याएको छ ।
सो अवसरमा उनले वडाध्यक्ष भएपछि आफूले पाउने सेवा सुबिधा वडाबासीकै सेवामा खर्च गर्ने घोषणा गरिन् । थापाले नगरपालिकाबाट प्राप्त हुने सेवा सुविधा बापतको रकम कोष खडा गरेर वडामा रहेका विपन्न, असहाय नागरिकको हितमा खर्च गर्ने घोषणा गरेकी हुन् ।
“म वडाबासीको सेवामा निरन्तर ५ वर्ष लागिपर्नेछु, वडाको १ पैसा पनि मलाई चाहिँदैन । वडा नं. ७ उर्लाबारीको मुटु हो, यस वडा सोचे अनुसार अघि बढ्न सकेन, अब वडाबासीको सुझाब र सल्लाह अनुसारै वडाको विकासमा अघि बढ्छु,’ थापाले भनिन् । वडा नं. ७ लाई व्यापारिक, सामाजिक, कृषि, धार्मिक, शैक्षिक, स्वास्थ्य सबै हिसाबले विकास गर्ने योजनामा आफू लागि पर्ने थापाको भनाइ छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय