About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २६ बैशाख
नेकपा एमालेबाट उर्लाबारी नगरपालिका प्रमुख पदका उम्मेद्वार गंगाप्रसाद खरेलले उर्लाबारीमा कसैले दिएको डर, धाकधम्की र त्रासबाट नडराई मतदान गर्न आह्वान गरेका छन्। आज उर्लाबारी – ७ मा आयोजित कोणसभालाई सम्बोधन गर्दै खरेलले नेपाल कानूनी राज्य हो, कसैले कानून हातमा लिएर गुण्डागर्दीमा उत्रिन्छ भने एमाले चुप लागेर नबस्ने उद्घोष गरे ।
उनले उर्लाबारीमा अब धाकधम्की र डरत्रासको अन्त्य भईसकेको बताए । उर्लाबारीबासी सचेत भईसकेका छन्, अब कसैको धाकधम्की र त्रासले काम गर्नेवाला छैन, खरेलले भने – उर्लाबारीमा एमालेको जित निश्चित भईसकेको छ । म गंगा खरेल शान्तिपुर्ण तरिकारले चल्न चाहन्छु, म अशान्तिको पक्षमा छैन । जिन्दगीमा कसैको एक पैसा हिनामिना गरेको छैन, भ्रष्टाचार गर्ने कुरा सोच्न पनि सक्दिन, नगर प्रमुख पदका उम्मेद्वार खरेलले भने – निर्वाचित गराएर पठाउनुहोस्, स्थानीय सरकारको अनुभुति कस्तो हुन्छ म उर्लाबारीबासीलाई दिलाउनेछु ।
गंगा खरेलले काहि खाँदैन भन्ने अफवाह फैलाएको छन्, उनले भने – हो नगरपालिका प्रमुखको जिम्मेवारीमा रहेपछि म केही खादिन । श्रीमतीको निधनका कारण केही कुरा बार्नुपरेको छ त्यो सत्य हो तर पानी समेत खाँदैन भन्ने कुरा चै काँग्रेसले फैलाएको भ्रम मात्र हो । भ्रमको पछि नलाग्न उर्लाबारीबासीलाई खरेलले आग्रह गरेका छन् ।
खरेलले सर्वपक्षीय छलफल राखेर सबैको सुझाब र सल्लाह बमोजिम अघि बढ्ने प्रतिबद्धता जनाए । भन्छन्, हामी एकलौटी ढंगले चल्दैनौँ, सबैको सुझाब लिएर नगरको विकासमा लाग्छौँ । शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पुर्वाधार विकास लगायतका क्षेत्रमा योजनाबद्ध रुपमा अघि बढ्छौँ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय