About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २६ वैशाख
नेकपा एमालेले भोलि उर्लाबारीमा चुनावी सभा आयोजना गरेको छ । उर्लाबारीको मुख्य चौकमा दिउँसो १ बजे आयोजना गरिएको चुनावी सभाको तयारी अन्तिम चरणमा पुगेको नगर अध्यक्ष गंगाप्रसाद बास्तोलाले जानकारी दिए ।
एमाले स्थायी कमिटी सदस्य लालबाबु पण्डितको प्रमुख आतिथ्यतामा हुने सभामा पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला स्तरका नेताले सम्बोधन गर्ने उनले बताए । उर्लाबारीमा एमालेको पक्षमा जनलहर देखिएको बताउँदै उनले यस पटक एमालेले अधिकांस सिटमा जित हासिल गर्ने बताए । नेकपा एमालेले उर्लाबारीको मेयरमा गंगाप्रसाद खरेल र उपमेयरमा मीना खतिवडा पौडेललाई उम्मेद्वार बनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय