About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

 

नेकपा (एमाले)बाट इटहरी उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार यामकुमार सुब्बाले युवालाई एक पत्र लेख्नुभएको छ । सो पत्रमा उहाँले युवालाई आफूसँग सहकार्य गरेर ‘युवा इटहरी’ निर्माण गर्न आग्रह गर्नुभएको छ । अहिलेका युवाको भोटले इटहरीको वर्तमान र भविष्यलाई निक्र्यौल गर्ने भएकाले विवेक प्रयोग गरेर भोट हाल्न अनुरोध गर्नुभएको छ । पहिलो पटक मतदान गर्ने युवालाई लक्षित गरेर जारी गर्नुभएको पत्रमा उहाँले कसैको करकाप र धाक धम्कीमा नपरि मतदान गर्न सुझाउनुभएको छ । ‘मतदान भनेको तपाइँको संवैधानिक अधिकार हो’, उहाँले लेख्नुभएको पत्रमा भनिएको छ, ‘तपाइँले दिएको एक मतले इटहरीको वर्तमान र भविष्य निर्धारण हुन्छ । त्यसैले मतदान गर्दा धेरै कुरामा सचेत भई कसैको डर, धाक, धम्कि वा प्रलोभवनमा नपरी आफ्नो स्व:विवेक प्रयोग गरेर मतदान गर्नुहोला ।’
उहाँले सो पत्रमा आफू युवा उमेरमा नौ राजनैतिक परिवर्तनका लागि सडकमा उत्रिएको बताउनुभएको छ । जीवनको उर्जावान युवा उमेर आफूले राजनीति र परिवर्तनका लागि समर्पित गरेको स्मरण गराउँदै अब युवासँग मिलेर युवाले चाहेको इटहरी बनाउन आफू तत्पर रहेको बताउनुभएको छ । ‘तपाइँहरुको जस्तै उमेरको हुँदाखेरि म राजनैतिक परिर्वतनका लागि सडकमा आन्दोलनको नेतृत्व गर्थेँ’, पत्रमा भनिएको छ, ‘आज तपाइँहरुले परिर्वतनको आन्दोलन गर्नु पर्दैन तर, तपाइँ हामी मिलेर, तपाइँले चाहेको जस्तो इटहरी बनाउने एउटा नयाँ आन्दोलनको शुरुवात गर्नुछ । तपाइँ कस्तो इटहरी चाहनुहुन्छ हामी मिलेर त्यस्तो इटहरी बनाऔँ, जुन युवा इटहरी होस् ।’

उहाँले अन्तराष्ट्रिय ज्ञान, सोच र सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै युवालाई राजगारीका लागि विदेशिनु नपर्ने वातावरण भएको इटहरी बनाउन युवासँग अपिल गर्नुभएको छ । इटहरीलाई प्रदेश १ कै एक नम्बर बनाउन युवालाई आह्वान गर्नुभएको छ । आफूसँग इटहरी बनाउन अनुभव भएकाले युवाहरु सँग भएको ज्ञान–सिप आफूसँग ‘सेयर’ गर्न उहाँले अनुरोध गर्नुभएको छ । ‘आफ्नै नगरमा आफैँले स्व:रोजगारी सृजना गर्ने वातावराण बनाउन मलाई तपाइँहरुको साथ चाहिन्छ । आफ्नै माटोमा पसिना बगाएर सम्मृद्द बन्ने सोच, जोश–जाँगर र प्राविधिक ज्ञान तपाइँहरुसँग छ । म सँग अनुभव छ । आउनुहोस् अब तपाइँ हामी मिलेर एउटा अभूतपूर्व इटहरीको निमार्ण गरौँ । प्रदेश नं. १ को इटहरीलाई नं. १ नगर बनाऔँ । त्यसको लागि हामी मिलेर एउटा संकल्प गरौँ’, सो पत्रमा भनिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय