सुनसरीको गढिगाँउपालिकामा आश नारायण चौधरीको पक्षमा अभूतपूर्व लहर देखिएको छ । नेकपा एमालेको तर्फवाट अध्यक्षका उम्मेदवार चौधरीको पक्षमा नेकपा एमालेका कार्यकर्ताको मात्र होइन अन्यदलका ब्यक्तिहरुको पनि साथ सहयोग र समर्थन पाइएको छ । नेपाली काँग्रेस लगायत अन्य पार्टी परित्याग गरि एमालेमा प्रवेशको लहरनै छाएको छ ।योग्य र कुशल ब्यक्तिलाई एमालेले अध्यक्षमा उठाएको भन्दै उहाँको पक्षमा जनसर्मथम दिनदिनै अझ वलियो वन्दै गएको स्थानीयले वताएका छन ।अन्यदलका उम्मेदवारका लागि आशनारायण भारी वन्नुभएको छ ।
गढिमै जन्मे हुर्केर त्यहिँको माटोसँग गाढा सम्वन्ध वनाएका गरीवि निवारणको क्षेत्रमा दशक अघि देखि क्रियाशिल ब्यक्तित्व हुनुहुन्छ आश नारायण चौधरी । उहाँले करिव तीनलाख सदस्य रहेको फरवार्ड माइक्रोफाइनान्सको सिइओको रुपमा कार्यरत रहेर कुशल नेतृत्व क्षमता देखाइसक्नुभएको छ । चालिस जिल्लामा १सय ६० शाखा रहेको सस्थाका एक हजार कर्मचारीवाट तीनलाख सदस्यलाई परिचालन गरेर लाखौ जनताको अनुहारमा मुस्कान र घरआँगनमा खुशीयाली ल्याइसक्नुभएको छ । उहाँको कुशल नेतृत्ववाट हजारौ हजार जनताको आर्थिक स्तर सवल वनेको छ । गरीविको ठाँउमा सम्वृद्धिले वास गरेको छ,नेतृत्व क्षमता वढेको छ । योजना निर्माणको क्षेत्रमा समेत उत्तिकै दख्खल राख्ने आश नारायण चौधरीले गढि गाँउपालिकाको सम्वृद्धि र विकासका लागि दीर्घकालिन र अल्पकालिन योजना तयार गरेर एउटा नमूना गाँउपालिका वनाउने लक्ष्य राख्नुभएको छ । आश नारायण चौधरी नेकपा एमालेको जिल्ला सदस्य र गढि गाँउपालिकाको इन्र्चाज हुनुहुन्छ ।




आर्थिक शशक्तिकरण अभियानका अगुवा,ग्रामिण अर्थतन्त्रको क्षेत्रका विज्ञ ब्यक्तित्व आश नारायण चौधरीले अब्यवस्थित वसोवासलाई ब्यवस्थित गर्ने,पहिलेदेखिनै वसोवास गरिरहेका भूमिहिनलाई आवासको ब्यवस्था मिलाउने प्रतिवद्धता जनाउनुभएको छ ।धार्मिक गढि वनक्षेत्रको संरक्षण गर्दै प्रदेश १ कै एक नमूना पर्यटकीय क्षेत्र वनाउने उहाँको लक्ष्य छ । यस्तै गढि खेलमैदानको स्तरोन्नती गरि खेलकुद क्षेत्रलाई ब्यवसायिकरण गर्ने कार्यलाई निर्वाचित भएलगत्तै अघि वढाउन चाहानुहुन्छ । सवै वडाको सडकहरुको स्तरोन्नती गर्ने, मुलवाटोहरुमा नाला सहितको कालोपत्रे गर्ने योजना छ ।सामुदायिक भवन नभएका वडामा सामुदायिक भवन वनाउने,प्राविधिक शिक्षाको ब्यवस्था गर्ने,गरीव तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने एमाले गढिले आश नारायण चौधरी मार्फत गाँउपालिकावाट कार्यावन्यन गराउने उदेश्य लिएको छ ।युवाको प्रतिभाको खोजी गरि राष्टिय अन्तराष्टिय क्षेत्रमा पहुँचका लागि पहल गर्न पनि उपयुक्त ब्यक्ति आश नारायण चौधरीनै रहेको जनाउदै अन्य पार्टीका ब्यक्तिहरु पनि एमाले गढिको चुनावी अभियानमा सक्रिय हुन थालेका छन ।
एमएड र एमएस्सी गरि दुईविषयमा स्नातकोत्तर गर्नुभएका वौद्धिक ब्यक्तित्ववाट गाँउपालिकाको नेतृत्व हुदाँ गाँउपालिकाले मुहार फेर्नेमा स्थानीय आशावादी देखिन्छन ।थाइल्याण्ड,फिलिपिन्स,वंगलादेश,भारत लगायतका देशहरुमा भएका अन्तराष्टिय सेमिनारहरुमा सहभागितावाट उहाँले पाएको ज्ञान र शीप गाँउ पालिकाको सम्वृद्धि र विकासमा पोखिने स्थानीयको अपेक्षा छ ।