About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २५ वैशाख
उर्लाबारी–७ मा रहेको दिपशिखा बोर्डिङ स्कूल स्थापनाको ७ वर्ष नपुग्दै प्रगतिको पथमा अगाडि बढेको छ । गुणस्तरीय शिक्षा प्रदान गर्ने मुल उद्घोषका साथ स्थापना भएको सो विद्यालय अहिले बालबालिकाको आकर्षणको केन्द्र बनेको छ । बालबालिकालाई राम्रो ज्ञान, सीप, अभिबृद्धि गराई युग सुहाउँदो गुणस्तरीय शिक्षा प्रदान गर्न अग्रसर रहेको अभिभावकहरु बताउँछन् ।
२०७२ सालदेखि शिक्षासेवी मनिराज गजमेरले सञ्चालन गर्नुभएको दिपशिखा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुनुको साथै उर्लाबारी नगरपालिकामा समेत दर्ता गरी सञ्चालनमा आएको हो । नर्सरीदेखि कक्षा ५ सम्म शिक्षा दिइरहेको बोर्डिङमा उर्लाबारी क्षेत्रका २ सयभन्दा बढी बालबालिकालाई सर्वसुलभ शुल्कमा अध्यापन गराइरहेको सञ्चालक मनिराज गजमेरले बताउनुभयो ।
सुन्दर कक्षाकोठा, व्यवस्थित शौचालय, खानेपानीको उचित प्रवन्ध, स्कुल बस, खेलकुद र खेलमैदानको व्यवस्थापन विद्यालयका मुख्य आकर्षण र विशेषता रहेको प्रिन्सिपल मनु गजमेरले बताउनुभयो । शिक्षक शिक्षिकाले पढाउँदै गरेको र बालबालिकाले पढे नपढेको सिसि क्यामेराबाट समेत प्रष्टै देख्न सकिने व्यवस्था मिलाएको सञ्चालक गजमेरले बताउनुभयो । ‘हामीले बालबालिकाको उज्वल भविष्य सोचेर सक्षम, सबल तालिम तथा ज्ञान प्राप्त शिक्षक शिक्षिकाको व्यवस्था गरेका छौं’ उहाँले भन्नुभयो । म्युजिक, आर्ट, कलरलगायतका विषयमा समेत दिपशिखामा सिकाइ गरिन्छ ।
शैक्षिक सत्र २०७९ का लागि विद्यालयले प्ले गु्रपदेखि कक्षा ५ सम्म भर्ना खुलाएको जनाएको छ । ‘हुने विरुवाको चिल्लो पात’ भने झैं स्थापनाको छोटो अवधिमा विद्यालयले अब्बल शिक्षा प्रदान गर्दै शिक्षाको ज्योति छर्दै आएको छ । सीप प्रविधि र कम्प्युटरमा आधारित शिक्षा, कक्षा ५ सम्म नै मन्टेश्वरी विधिबाट पठनपाठन, डे बोर्डसको व्यवस्था, सुविधा सम्पन्न क्यान्टिनको व्यवस्था, कम्प्युटर ल्याव, डान्स कक्षा, नैतिक, व्यवहारिक, आध्यात्मिक चेतना साथै आ–आफ्नो मौलिकता संस्कारसहितको शिक्षा प्रदान गरिएको विद्यालयले जनाएको छ ।
यस्तै, प्रत्येक दिन डाक्टर, स्टाफ नर्सद्वारा स्वास्थ्य परीक्षण गरिने, विषयगत प्रयोगशालासहितको व्यवहारिक शिक्षा प्रदान गरिने, भ्रमण तथा स्थलगत सिकाइको व्यवस्था रहेको सञ्चालक गजमेरले बताउनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय