इटहरी,नेकपा एमालेका स्थायी कमिटि सदस्य प्रदेश १ का इन्र्चाज देवराज घिमिरेले एमालेले प्रदेश १ का कम्तिमा एकसय पालिकामा जित्ने दावी गर्नुभएको छ । सप्तकोशी एफएमको कार्यक्रम सप्तकोशी वहसमा कुरागर्दै उहाँले प्रदेश १ का १३७ पालिकामध्ये कम्तिमा सय पालिकामा एमालेले जित्ने दावी गर्नुभएको हो । उहाँले भन्नुभयो “गठवन्धनको भिजन,मिसन,कार्यक्रम केहि छैन,अपवित्र गठवन्धन हो,गठवन्धनकै दलभित्रको किचलोले उनिहरुको पनि भोट सूर्यमा आउछ ।”एमालेलाई हराउन र आफना छोरा,छोरी,नाता गोतालाई चुनावमा उठाउन वनेको गठवन्धनलाइ जनताले राम्ररी चिनिसकेको इन्र्चाज घिमिरेले दावी गर्नुभयो । देश र जनताको हीतमा काम गर्ने पार्टी एमालेमात्र भएको जनतामाझ प्रष्ट भएको घिमिरेको भनाई छ । ठूलो हिस्सा माओवादी केन्द्रको नेकपा एमालेमै रहेको,नेपाली काँग्रेसवाट पनि एमलेमा प्रवेश गर्नेको लहरनै चलेका कारण अघिल्लो चुनावको अंकगणित हिसाव गरेर वस्नुको कुनै अर्थ नहुने इन्र्चाज घिमिरेले प्रष्ट पार्नुभयो । गठवन्धन घोषणा पत्र लिएर जनता माझ जानै नसकेको उहाँको आरोप छ । मुख्य पदहरु मध्ये एकमा महिला उठाउनु पर्ने महिलाको संवैधानिक अघिकार हनन गरेका कारण महिला दिदीवहिनी गठवन्धन सँग रिसाएको उहाँको भनाई छ ।



