About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

 

इटहरी ः नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले यामकुमार सुब्बा र संगीता चौधरीलाई जीताउन आग्रह गर्दै इटहरीको विकासको जिम्मा आफूले लिने वताउनुभएको छ । इटहरीमा नेकपा एमालेको चुनावी सभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले एमाले उम्मेदवार यामकुमार सुब्बा र संगीता चौधरीलाई जिताए इटहरीको बिकासमावजेट र योजनाको कुनै खाँचो नहुने वताउनुभयो । ‘भोट हाल्ने कामतपाईँहरूको, विजयीबनाउने कामतपाईँहरूको,’ अध्यक्षओलीले चुनावी सभालाई सम्बोधनगर्दै भन्नुभयो, ‘विकासको जिम्मा उहाँहरूले लिनुहुन्छ, याम सुब्बा मेरो प्रतिनिधिहो, मलाई हटलाईनमा सोझै सम्पर्क गर्नुहुन्छ, सोझै संवाद गर्नुहुन्छ इटहरीको विकासको जिम्मा म लिन्छु ।’आगामी प्रतिनिधिसभाको चुनावमा एमालेको बहुमतआउने र एमालेको सरकार बन्ने भएकाले इटहरीमा आफुले बजेट अभाव हुन् नदिने ओलीले बताउनुभयो । अध्यक्ष ओलीले द्वारिकलाल चौधरी र लक्ष्मीगौतमको कार्यकालमा इटहरीमा भएको कामको प्रशंसा गर्नुभयो । उहाँहरु अग्रमोर्चामा सरिक भएर एमाले उम्मेदवारहरुलाई जीताउन लागि पर्नुभएको जनाउदै धन्यवाद समेत दिनुभयो ।इटहरीको विकासको वाँकी काम लाई अघि वढाउन,सुन्दर र आधुनिक विकसित नमूनानगर वनाउने कामको अविभारा याम संगीताको काँधमा आउन लागेको वताउनुभयो । उहाँले सूर्यध्वजावाहक उम्मेदवारलाई जीताउन इटहरीवासीलाई आग्रह गर्नुभयो ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय