About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २३ वैशाख
मोरङको उर्लाबारीमा २५६६ औं बुद्ध जयन्ती भव्यताका साथ मनाइने भएको छ । उर्लाबारीमा रहेका गुम्बाहरुको संयुक्त आयोजनामा आगामी जेठ १ र २ गते बुद्ध जयन्ती भव्य र हर्षोल्लासका साथ मनाउन नेपाल बौद्ध गुम्बा उर्लाबारी ५ का अध्यक्ष महेन्द्रजंग तामाङको संयोजकत्वमा १०५ सदस्यीय बुद्ध जयन्ती मूल समारोह समिति गठन गरिएको छ ।
उर्लाबारीका नेपाल बौद्ध गुम्बा, स्वयम्भु चैत्य बुद्ध महाविहार, तमु बौद्ध गुम्बा र तुङ्गा विहारले संयुक्त रुपमा बुद्ध जयन्ती मनाउने भएका हुन् । आज पत्रकार भेटघाट गरी मूल समारोह समितिका संयोजक तामाङले जेठ १ गते गुम्बा, बिहार, घर, आँगन सरसफाई गर्ने, बुद्ध पञ्चशील झण्डा गुम्बा, घर तथा चौकमा फहराउने साथै सोही दिन साँझ ६ बजे शान्ति दीप पदयात्रा गरिने बताए । साथै, जेठ २ गते बिहान ७ बजे विभिन्न भेषभुषा, बाजागाजा, साँस्कृतिक झाँकीसहितको शान्ति ¥यालीले बजार परिक्रममा गर्दै नेपाल बौद्ध गुम्बामा आएर कार्यक्रममा सरिक हुने उनले बताए ।
बुद्ध जयन्तीको अवसरमा विभिन्न गुम्बा, विहारमा वैशाख २८ देखि जेठ ३ गतेसम्म धर्मदेशना, पूजा, प्रार्थनालगायतका कार्यक्रम गर्न मूल आयोजक समितिले आग्रह गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय