About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरीमा नेकपा एमालेको तर्फवाट मेयर पदका उम्मेदवार याम सुब्बाले आफनो पहिलो प्राथमिकता वाढि,कटान र डुवान नियन्त्रण हुने वताउनुभएको छ । पानी पर्ने वित्तिकै इटहरीमा डुवानको समस्या हुने भएकाले यसको दीर्घकालिन समाधानका लागि सम्वद्ध सरोकारवाला पक्षसँग छलफल र परामर्श गरेर आवश्यक सवै कदम चालिने वताउनुभयो । उहाँले भन्नुभयो “म आफैपनि वाढि पीडित हुँ,घरमा वाढि वस्दा हुने समस्या तपाईले जस्तै भोगेको छु,त्यसैले यो समस्या समाधानका लागि लागि पर्ने छु ।” नगरवासी र विज्ञहरुको सल्लाह वमोजिमनै आफू अघि वढने उहाँको प्रतिवद्धता छ । उहाँले इटहरीका सबै खोलानालाहरूको गुरुयोजनाबनाई पानीनिकासको व्यवस्था गरिने वताउनुभयो ।टयाँग्राखोला डाइभर्सजन सहित वजार क्षेत्रको ढल निकास समस्या समाधान हुनेमा ढुक्क हुन पनि उहाँले नगरवासीमा आग्रह गर्नुभएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय