उर्लाबारी, २२ वैशाख
आगामी वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि मोरङको उर्लाबारी नगरपालिकामा नेकपा एमालेबाट उपमेयरमा मीना खतिवडा पौडेलले उम्मेद्वारी दिएकी छिन् । अहिले घरदैलो र चुनावी सभामा व्यस्त मीनाको योजना आफ्नो नगरमा समतामूलक समाजको निर्माण गरी नगरको विकास गर्नु रहेको छ ।
महिलाहरुको क्षमता विकास, न्याय र महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाउन राजनीति समाजसेवामार्फत उनले खेलेको भूमिका अतुलनीय छ । योग्य र प्रभाव राख्न सक्ने उम्मेद्वारका रुपमा उनलाई लिइन्छ । मिसन र भिजन दुवै भएकी मीना विशेष गरेर उर्लाबारीमा आम महिला दिदी बहिनीमाझ परिचित छिन् । सानैबाट निडर र हक्की स्वभावकी मीनामा केही गर्नुपर्छ भन्ने सोच आउने गर्दथ्यो । उनी बाल्यकाल सम्झँदै भन्छिन्, ‘विभिन्न आरोह र अवरोहका बीचमा बाल्यकाल र युवा अवस्था बित्यो । सधैँ नेकपा एमालेलाई संकटमा सतिसाल भएर उभिएँ । आज पार्टीले उपमेयरको लागि मैदानमा खडा गर्दैगर्दा जनताको माझमा गएर प्रत्यक्ष सेवा गर्ने अवसर पाउँछु भन्नेमा पूर्ण विश्वस्त छु ।’
मीना भन्छिन्, ‘उर्लाबारीमा साविक राजघाट पछाडि परेको क्षेत्र हो । यो क्षेत्रबाट पहिलो पटक उपमेयर बन्ने अवसर प्राप्त भएको छ ।’ नगरको सन्तुलित विकासका लागि आफ्नो जीत आवश्यक रहेको बताउँदै उनले यस पटक सूर्य चिह्नमा मतदान गरी विजयी गराउनेमा आशावादी रहेको बताइन् । उनले नेकपा एमालेका सबै उम्मेद्वारलाई मतदान गरी विजयी गराउन पनि आग्रह गरिन् ।
उपमेयरको उम्मेदवार हुँदै गर्दा उनको मुख्य एजेन्डा ‘सबैलाई सबै ठाउँमा समान सहभागिता र अवसर’ भन्ने रहेको छ । हरेक क्षेत्रमा महिला पुरुष साथ साथ रहनका लागि महिलाहरुको निर्णायक क्षमता बढाउने उनको पहिलो प्राथमिकतामा परेको छ । महिलाहरुको आवाज बुलन्द पार्न कुनै कमी नराख्ने उनी बताउँछिन् ।
ताजा समाचार
लोकप्रिय
© 2023, All right reserved to Nepali Portal
Made with ❤️ By Gorkhaly Labs