About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटचौक,नेकपा एमाले सुन्दरहरैचाका मेयरका उम्मेदवार केदार गुराँगाईले आफूलाई पीएसओ र गोप्यकोठा नचाहिने वताउनुभएको छ । सप्तकोशी एफएमको कार्यक्रम सप्तकोशी वहसमा कुरा गर्दै उहाँले त्यसो भन्नुभएको हो । सुन्दरहरैचाका मेयर शिव प्रसाद ढकालले जस्तो सुरक्षाका लागि पिएसओ नराख्ने वताउनुभयो । मेयरको कार्यकक्षमा गोप्यकोठा रहेको जनाउदै कि त गोप्य कोठा भत्काउने कि कहिल्यै नखोल्ने प्रतिवद्धता जनाउनुभयो । आफू हप्ताको तीन दिन जनताकै माझमा हुने उहाँको भनाई छ । जनताका माझ जाँदा चिल्ला गाढिमा होइन मोटरसाइकलमै जाने गुरागाँईले वताउनुभयो । उहाँले पाँच वर्षमा १० जना प्रमुख प्रशासकीय अघिकृत फेरिनु,कर्मचारी तन्त्र अस्तब्यस्त हुनु, योजना सम्झौता र भुक्तानी प्रक्रियामा ढिला सुस्ती लगायतका धेरै वेथीति ब्यहोरेका जनताले परिवर्तन चाहेका छन भन्नुभयो । आफूले जितेर आएपछि सम्मानसहितको सेवा दिने,करको दायरा वढाउने कर घटाउने,सहकारीले ब्यालेन्ससिटको आधारमा करतिर्नु नपर्ने वनाउने,वडाका सवै मूलवाटोहरु कालोपत्रे गर्ने,पर्यटकीय महत्वका ठाँउहरुलाई पर्यटकीय गन्तब्य वनाउने लगायतका योजना सुनाउनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय