उर्लाबारी, २१ वैशाख
स्थानीय तहको निर्वाचन नजिकिएसंगै उमेदवारहरू घरदैलो कार्यक्रम गर्न ब्यस्त रहेका छन्। यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन लक्षित गरेर बुधबार नेकपा एमाले उर्लाबारी वडा नम्बर ७ ले मेयर, उपमेयर र वडा सदस्य पदका उम्मेदवारहरु सहित घरदैलो सहित कोणसभा गरेको छ ।
मेयर पदका उम्मेदवार गंगाप्रसाद खरेल, उपमेयर मिना पौडेल लगायत वडा नम्बर ७ का वडा सदस्यका उम्मेद्वारहरु राजन दाहाल, हरि ढकाल, महिला सदस्य मनमाया तामाङ र दलित महिला सदस्य कबिता शिवा सहितको टिम चुनावी माहोल बनाउन गाउँको टोलटोलमा पुगेका हुन् । बिहान १० बजेदेखि सुरू भएको घरदैलो वडा नम्बर ७ को कुलुङ चोक, चिउरा मिल, उर्लाबारी चोक, बरगाछी, पशुपति मार्ग, शान्ति टोल, नमुना टोल, दुर्गा टोल र भृकुटी टोल लगायतका स्थानहरूमा भोटमाग्दै चिउरा मिल र बरगाछीमा पुगेर कोणसभा कार्यक्रम आयोजना गरेको थियो ।
नेकपा एमालेबाट मेयरका उम्मेदवार गंगाप्रसाद खरेलले भ्रष्टाचारमुक्त उर्लाबारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । कोण सभा कार्यक्रममा बोल्दै उनले गरिबीको रेखामुनि रहेका परिवारलाई निःशुल्क धारासहितको खानेपानी जडान गरिदिने समेत प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै उनले उर्लाबारीमा हुने डुबान, कटानको समस्या दीर्घकालीन समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, सडक र स्वरोजगार पहिलो प्राथमिकतामा रहने उनले बताएका छन् । उनले आफ्नो लिखित प्रतिबद्धता पत्र अध्ययन गरिदिन समेत वडाबासीलाइ आग्रह गरेका छन् ।
घरदैलो अभियानमा नेकपा एमाले स्थायी कमिटी सदस्य डा. शिवमाया तुम्बाहाम्फे, नगर इन्चार्ज तथा जिल्ला सदस्य उमाकान्त गौतम, निर्वाचन परिचालन समिति संयोजक तथा प्रदेश कमिटी सदस्य भुपाल जिमि, जिल्ला कमिटी सदस्य पुष्प ढकाल, जिल्ला कमिटी सदस्य अग्नि भट्टराई, उर्लाबारी नगर अध्यक्ष गंगा बास्तोला, नगर सचिब गोपालप्रसाद रिमाल लगायतको उपस्थिति रहेको थियो । गाउँको टोलटोलमा भएको कोणसभामा उपस्थित वडावासीबाट यो पटक नेकपा एमालेलाई जिताउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सो अवसरमा पति शोकमा रहेकी वडाध्यक्ष पदका उम्मेद्वार उर्मिला थापा प्रति समवेदना प्रकट गर्दै शोकमा परेकी थापाप्रति सहानुभुति दर्शाइदिनुहुन वडाबासीलाई आग्रह गरिएको थियो । वडाध्यक्ष पदकी उम्मेद्वार थापाका पति वीरबहादुर थापाको गत साता निधन भएपछि उनी अहिले पतिको किरियामा छिन् ।
ताजा समाचार
लोकप्रिय
© 2023, All right reserved to Nepali Portal
Made with ❤️ By Gorkhaly Labs