About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २१ वैशाख
उर्लाबारीबासीले विकासको किल्ला गाड्ने जनप्रतिनिधि चाहेको नेपाली काँग्रेसबाट उर्लाबारी नगरपालिकाका नगर प्रमुखका उम्मेद्वार खड्ग फागोले बताएका छन् । आज वडा नं. २ को सुन्झोडा चाँदनी टोलको कार्यक्रममा बोल्दै उनले लालकिल्ला गाड्ने जनप्रतिनिधि होइन, विकासको किल्ला गाड्ने जनप्रतिनिधि जनताले चाहेको बताए ।
विपक्षी दलको अवरोधका बाबजुद अघिल्लो कार्यकालमा आफूले उल्लेख्य कार्य गरेको बताउँदै उनले आफूसँग उर्लाबारीको विकासको स्पष्ट भिजन रहेको बताए । फागोले भने, ‘जनता बुझ्ने हुनुभएको छ, विकासप्रेमी उम्मेद्वार चिनेर मतदान गर्नुहोस् ।’
सो अवसरमा उनले आफ्ना चुनावी एजेण्डा प्रस्तुत गरेका थिए । छ महिनाभित्र अपांगता, अशक्तहरुलाई घरघरमा औषधी वितरण गर्ने, वडा नं. २ मा खानेपानी ट्यांकी निर्माण गर्ने बताए । जनमतको सम्मान गर्दै जनताकै हितमा रातदिन लागिपर्ने बताउँदै उनले नगरको समग्र विकासका लागि नेपाली काँग्रेसलाई बहुमत दिलाउन आग्रह गरे ।
वेतिनी सिमसारको विकासलाई प्राथमिकताका साथ अगाडि बढाइने, सम्पूर्ण आधारभुत स्वास्थ्य केन्द्रमा हेल्थ असिस्टेन्ट राखेर स्वास्थ्य सेवाको गुणस्तरमा वृद्धि गर्ने बताए । मेयरका उम्मेद्वार फागोले एकीकृत बस्तीका नाममा सुकुम्बासीहरुलाई ठाउँ सार्ने काम नगर्ने बरु जहाँ बस्नुभएको छ, त्यही ठाउँको पुर्जा उपलब्ध गराउने बताए ।
वडा नं. २ का विभिन्न स्थानमा भएका कार्यक्रममा वडाध्यक्ष पदका उम्मेद्वार राजन कँडेलले वडाको विकासका लागि यो पाँच वर्षे अवधिमा उल्लेख्य काम गरेको बताउँदै अधुरा कार्य पूरा गर्न पुनः एक पटक आफूलाई वडाध्यक्षमा विजयी गराउन आग्रह गरे । वडाबासीको सुख, दुःख र वडाको विकासमा आफू अहोरात्र खट्दै आएको र अब पनि लागि पर्ने उनको भनाई थियो । उनले वडाको विकासका लागि नेपाली काँग्रेसको टिमले प्रतिबद्धता तयार पारेको र उक्त प्रतिबद्धता हेरेर मतदान गर्न आग्रह गरे ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय