About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २१ वैशाख
मोरङको उर्लाबारीमा स्थानीय तह निर्वाचनलाई सहज रुपमा सम्पन्न गर्ने योजना अनुरुप निर्वाचन अधिकृतको कार्यालयले सरोकारवालासँग चरणवद्ध छलफल गर्दै आएको छ । यसैक्रममा आज मतदान स्थल रहेका विद्यालयका प्रधानाध्यापकसँग छलफल गरेको छ ।
उर्लाबारीका निर्वाचन अधिकृत ओमकारप्रसाद न्यौपानेले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्नु सबैको दायित्व भएको बताउँदै मतदान केन्द्र रहेका विद्यालयका प्रधानाध्यापकबाट विद्यालयको भौतिक अवस्थाको बारेमा जानकारी लिएका थिए । छलफलमा सहभागी १८ वटै मतदान स्थल रहेका विद्यालयका प्रधानाध्यापकहरुले निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने प्रतिबद्धता जनाए । उनीहरुले आवश्यक पर्ने भौतिक सामग्री, फर्निचरलगायत उपलब्ध गराउने बताए । निर्वाचन प्रयोजनका लागि वैशाख २८ देखि ३० गतेसम्म विद्यालय निर्वाचनका कर्मचारीलाई प्रदान गर्न प्रअहरुले प्रतिबद्धता जनाएका हुन् ।
छलफलमा मतदान केन्द्र रहेका विद्यालयका प्रधानाध्यापकहरु, उर्लाबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, सशस्त्र प्रहरी बेस क्याम्प उर्लाबारीका डिएसपी मेघराज जोशी, इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापा, सहायक निर्वाचन अधिकृत मुरारीप्रसाद घिमिरे, सञ्चार क्लब नेपालका अध्यक्ष नवराज भट्टराईको उपस्थिति रहेको थियो । उर्लाबारीमा ४४ हजार २७२ जना मतदाता रहेका छन् । ९ वडा रहेको यो नगरपालिकामा १८ वटा मतदानस्थल तय गरिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय