About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

नेकपा (एमाले)को तर्फबाट इटहरी उपमहानगरपालिकाको मेयर पदका उमेदवार यामकुमार सुब्बाले इटहरी उपमहानगरवासीलाई मर्मस्पर्षी पत्र लेख्नुभएको छ ।
मेयरका उम्मेदवार सुब्बाले पत्रमा आफूले दोस्रो जनआन्दोलनमा इटहरीको कमाण्डर भएर जिम्मेवारी पूुरा गरेको र अब इटहरी उपमहानगरकै कमाण्ड सम्हाल्न अग्रसर भएकाले सहयोग गर्न नगरबासीलाई अनुरोध गर्नुभएको छ । उहाँले जारी गरेको पत्रमा भनिएको छ, ‘दोस्रो जनआन्दोलनमा इटहरीको एक कमाण्डरको भूमिकामा म तपाईसँगै मैदानमा थिएँ र आजसम्म पनि इटहरीको विकास र सम्वृद्धिका लागि निरन्तर मैदानमै छु । हामी स्थानीय तहको निर्वाचनको मुखमा छौँ । हिजो हामीले काँधमा काँध मिलाउँदै राजनैतिक परिवर्तन ल्याउन सफल भयौँ, र आज फेरि एक पटक इटहरीको विकास र आमूल परिर्वतनको लागि एउटा नयाँ आन्दोलनको सुरु गर्नुछ ।’ इटहरीको विकासका लागि अब एकजुट हुने समय आएको उहाँको भनाई छ । सोहि कारण अबको निर्वाचनमा सूर्य चिह्नमा मतदान गरि एमालेका उमेदवारलाई विजयी गराउन उहाँले अनुरोध गर्नुभएको छ ।
उहाँले आफू मेयरको प्रत्यासी पैसा र व्यक्तिगत स्वार्थका लागि नभइ इहरीको विकास र समृद्धिको स्वार्थ राखेर बनेको जानकारी दिनुभएको छ । ‘तपाइँहरुलाई थाहा भएकै कुरा हो, मैले इमानलाई बन्धकी राखेर कहिल्यै राजनीति गरिन’, सो पत्रमा भनिएको छ, ‘अवसर, पैसा र स्वार्थका पछाडी कहिल्यै लागिन । इटहरीको विकास र सम्वृद्धि वाहेक मेरो अर्को कुनै स्वार्थ छैन र रहने पनि छैन ।’ उहाँले आफू इटहरीबासीको परिवारको एक सदस्य भएकाले माया गर्न अपिल गर्नुभएको छ । आसन्न निर्वाचनमा आफ्नै परिवारका सदस्यलाई झैँ माया र भोट दिन उहाँले अनुरोध गर्नुभएको छ । जनप्रतिनिध वनेपछि परिवारका इटहरीवासीकै सल्लाह र सुझाव वमोजिम अघि वढने प्रतिवद्धता जनाउनुभएको छ ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय