About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी,इटहरी उपमाहानगरपालिका वडा नक्बर १४मा सरकारी विद्यालयका प्रधानाध्यापकनै चुनाव प्रचारमा हिडेको पाइएको छ । स्वतन्त्र उम्मेदवार रमेशकुमार चौधरीको घरदैलो कार्यक्रममा पार्वती आधारभुत विद्यालयका प्रधानध्यापक बद्री प्रसाद चौधरी निर्वाचन आचार संहित विपरित प्रचार प्रसारमा हिडनुभएको हो । निर्वाचन आचारसंहिताले सरकारी कर्मचारी,शिक्षकलाई चुनावी प्रचारप्रसारमा रोक लगाएको छ । पार्वती आधारभुत विद्यालयका प्रधानाध्यापक बद्री प्रसाद चौधरीले भने आफु कुनै पार्टीको प्रचारप्रसारमा नगएको दावी गर्नुभयो । तर उहाँ प्रचार प्रसारमा हिडेको फोटोको विषयमा कुरा गर्दा भने चिया खान निस्केको वेला फोटो खिचिएको प्रतिक्रिया दिनुभयो । उहाँले ब्यानरनै समातेको फोटो सार्वजनिक भएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख कृष्ण प्रसाद पौडेलले शिक्षकले प्रचारमा हिडन नमिल्ने वताउनुभयो । यदि कतै त्यस्तो पाइए निर्वाचन आचारसंहिता वमोजिम कारवाही हुने जानकारी दिनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय