उर्लाबारी, १९ वैशाख
उर्लाबारीमा आफ्नो पार्टीका उम्मेद्वारविरुद्ध उम्मेद्वारी दिएका बागीहरु एक भएर भोट माग्न थालेका छन् । बेग्ला बेग्लै पार्टीका बागी उम्मेद्वार पनि अहिले सँगै निर्वाचन अभियानमा लागेका छन् ।
आइतबार उर्लाबारी–८ मा उपमेयरका बागी उम्मेद्वार मुक्ति न्यौपाने र वडाध्यक्षका बागी उम्मेद्वार अग्नि सुब्बाले सँगै मत मागे । न्यौपाने नेपाली काँग्रेसको बागी उम्मेद्वार हुन् भने सुब्बा नेकपा एमालेको बागी उम्मेद्वार हुन् । उनीहरुलाई पार्टीले कारबाही गरिसकेको छ ।
यी बागी उम्मेद्वार सँगै भोट माग्न हिँडेका छन् नै चुनाव चिह्न पनि एउटै छ । लालटिन चुनाव चिह्न लिएर उनीहरु स्वतन्त्र उम्मेद्वारको रुपमा मत माग्दै आएका छन् ।



