About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १९ वैशाख
अहिले स्थानीय निर्वाचनको चर्चा चुलिएको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सबैको ध्यान केन्द्रीत भएको छ । मोरङको उर्लाबारी नगरपालिकाको दोस्रो मेयर को बन्ला भन्ने चर्चाको विषय बनेको छ ।
यहाँ ७ जना मेयरको दौडमा छन् । नेपाली काँग्रेसबाट निवर्तमान मेयर खड्ग फागो, नेकपा एमालेबाट गंगाप्रसाद खरेल, राप्रपाबाट विनोद पोख्रेल, नेकपा एकीकृत समाजवादीबाट मानबहादुर श्रेष्ठ, मंगोल नेशनल अर्गनाइजेशनबाट मोहनबहादुर राई, मौलिक जरोकिलो पार्टीबाट विज्ञान आचार्य र स्वतन्त्र युवराज न्यौपानेले मेयरमा उम्मेद्वारी दर्ता गराएका छन् ।
आधा दर्जनभन्दा बढी उम्मेद्वार भएपनि मेयरमा मुख्यतः प्रमुख दलहरुबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेद्वारबीच कडा प्रतिस्पर्धा हुने आंकलन मतदाताले गर्न थालेका छन् । नेकपा एस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले गठबन्धन गरेर नेकपा एसका मानबहादुर श्रेष्ठलाई साझा उम्मेद्वार बनाएपछि यो गठबन्धनपनि आशावादी देखिएको छ । राप्रपालगायतका उम्मेद्वार पनि उत्साहित देखिएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय