About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १९ वैशाख
उर्लाबारी–७ मा नेपाली काँग्रेसबाट वडाध्यक्षको उम्मेद्वार वीरबल थापा वडाबासीको साथ सहयोगले पुनः चुनाव जित्नेमा उत्साहित छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी फराकिलो मतान्तरका साथ वडाध्यक्षमा विजयी भएका थिए । उनै थापाले यस पटक पनि वडाध्यक्षको टिकट पाएका छन् ।
पाँच वर्ष वडाबासीकै सेवा गरेका थापा अधुरा कार्य पूरा गर्न आफू लागिपरेको बताउँछन् । उम्मेद्वारी दर्ता गरेसँगै उनी वडाका विभिन्न टोलमा आफ्ना एजेण्डा लिएर पुगेका छन् । उनलाई सिंगो पार्टी पंक्ति, वडाबासी र युवाहरुले साथ दिएका छन् । सबैको साथ सहयोगले दैनिक उल्लासमय उपस्थितिमा घरदैलो कार्यक्रम गरिरहेको उनले बताए ।
लामो समय उर्लाबारीमा नेपाली काँग्रेसको नेतृत्व गरेका वीरबल थापाले विभिन्न सामाजिक संघसंस्थाको नेतृत्व समेत गरिसकेका छन् । वडाध्यक्ष भएपछि वडाबासीको सेवामा आफूलाई समर्पित गरेको बताउने उनी पुनः एक पटक वडाको सेवा गर्न चाहेको बताउँछन् । घरदैलो कार्यक्रममा प्राप्त प्रतिक्रियाले आफू उत्साहित भएको उनको भनाई छ । वडाध्यक्षका उम्मेद्वार थापासँगै सदस्य पदका उम्मेद्वार सन्तोष निरौला, सुमन कार्की, शोभितमाया तामाङ र मञ्जु परियार घरदैलोमा व्यस्त रहेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय