About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १९ वैशाख
दृढ संकल्प र सोचका धनी इन्द्रबहादुर दाहाल यतिबेला चुनाबी मैदाननमा होमिएका छन् । उनी आफूलाई हार्न छुट नभएको बताउछन् । अनेकौ दुख हण्डर खाएर आफूलाई सफल व्यवसायीको रुपमा स्थापित गरेका दाहाल राजनीतिमार्फत अजमाउन चाहन्छन् । दाहालको उम्मेद्वारीले स्थानीयबासी उत्साहित छन् । घरदैलोका निस्किएका उनलाई स्थानीय बासिन्दाको आशीर्वाद थाप्न भ्यानभ्याई छ । युवा, वयस्क र वृद्धवृद्धाको रोजाईमा परेका उनले अबको पाँच वर्ष वडाध्यक्ष बनेर जनताको सेवा गर्नेमा ढुक्क छन्, स्थानीय ।
नेकपा एमालेबाट उर्लाबारी २ मा वडाध्यक्ष पदमा उम्मेद्वारी दिएका दाहाल स्थानीय स्तरमा आफैमा एउटा ‘ब्राण्ड’ हुन् । जसले समृद्ध २ नम्बर वडाको सपनालाई पुरा गराउने एजेण्डा बोकेका छन् । भौतिक पुर्वाधारको क्षेत्रमा नगरमै पिछाडि परेको वार्ड हो, उर्लाबारी – २ । साविक उर्लाबारी गाविसका ७, ८ र ९ नम्बर वडाको भु–भाग सेमेटेर बनाइएको वडा २ प्राकृतिक प्रचुरताले भरिपुर्ण छ । यस वडामा कुषि र पशुपानलनको आधुनिकिकरणमा जोड दिदै बेरोजगारी समस्यालाई शुन्यमा झार्न सकिने उनले खाका कोरेका छन् । देश–विदेशको अनुभव संगालेका दाहालले आफ्नो वडालाई समृद्ध र हराभरा बनाउने अठोट लिएका छन् । विशेष गरी वडा नम्बर २ मा कृषि उद्यमको क्षेत्रमा नगरपालिकाबाट योजना निर्माण गरेर उनीहरुको संरक्षण र सुरक्षाका लागि काम गर्ने उनको भनाई छ । वडालाई युवामैत्री बनाउँदै शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि उद्यमको क्षेत्रमा आम नागरिकको भावनालाई अध्ययन गरेर काम गर्ने लक्ष्य रहेको दाहालको पनि उनले बताए ।
२०७४ सालको स्थानीय चुनावमा कांग्रेस उम्मेद्वारले वडाको ‘कमाण्ड’ सम्हालेपनि यसपटक इन्द्रबहादुर दाहालको उम्मेद्वारीले एमालेको किल्ला कायम हुने चुनावी जोडघटाउबाट बुझ्न सकिन्छ । उम्मेदवारी दर्ता गरेसँगै घरदैलो अभियानमा जुटेका उनलाई सबै उमेर समुहका मतदाताले निक्कै रुचाएका छन् । धेरै भन्छन्, ‘अरुलाई सहयोग गर्ने उदार मनका इन्द्रले भष्ट्राचार गर्दैन । सबैलाई समान व्यवहार गर्न रुचाउँछ ।’
उनलाई युवादेखि ज्येष्ठ नागरिकसम्मले जित्ने शुभकामना सहितको आर्शिवाद दिएका छन् । उर्लाबारी २ को समृद्धिको सपना उनीबाट मात्रै सम्भव भएको मतदाताको बुझाई छ ।
२०३१ सालमा पुर्वी पहाडको पाँचथर जिल्लामा बुवा लालबहादुर र आमा नैनकला दाहालको सन्तानका रुपमा इन्द्र जन्मिएका हुन् । सरस्वती क्याम्पस काठमाडौंमा अध्ययनरत हुँदै अनेरास्ववियूमार्फत राजनीतिमा आबद्ध भएका उनले हाल एमाले उर्लाबारी २ नम्बर वडा कमिटी अध्यक्षको जिम्वेवारी सम्हालेका छन् । विगतमा एमालेले नेतृत्व गुमाएको २ नम्बर वडामा यो निर्वाचनमा सहजै पार लाग्ने दाहाल बताउछन् । उनले वडा नम्बर २ सहित सिंगो उर्लाबारी नगरमै बैशाख ३० पछि एमालेले विजयी उत्सव मनाउन मात्रै बाँकी रहेको बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय