
काठमाडौं, २९ असार
सर्वोच्च अदालतको आदेशपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । राष्ट्रपति कार्यालयले आजै देउवाको नियुक्ति र साँझ ५ बजे शपथको तयारी गरेको छ । देउवाले आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् ।
देउवा पाँचौं पटक प्रधानमन्त्री बन्न लागेका हुन् । उनी यसअघि चार पटक प्रधानमन्त्री भइसकेका छन् । पहिलो पटक २०५२ साल भदौ २७ गते उनी प्रधानमन्त्री भएका थिए । त्यसपछि २०५८ साउन ११, २०६१ जेठ २१ र २०७४ जेठ २४ मा उनी प्रधानमन्त्री बनेका थिए ।



