About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

पूर्वकै एउटा महत्वपूर्ण केन्द्र मानिने इटहरीलाई देशकै नमूना वनाउने संकल्पका साथ एमाले इटहरीको तर्फवाट याम कुमार सुब्बा मेयर पदका उमेदवार हुनुहुन्छ । इमान्दार र स्वच्छ छविका सुव्वालाई एमाले भित्र मात्र होइन इटहरीवासीलेनै भावि मेयरका रुपमा हेरेका छन । उहाँले इटहरीलाई डुवान,कटान र वाढीको समस्यावाट मुक्त वनाउने वताउनुभएको छ । ढल निकासका लागि एमाले नेतृत्वको स्थानीय सरकारले सुरु गरेको अर्व वढिको प्रोजेक्टलाई पूरा गर्ने वताउनुभयो । आफू भ्रष्टाचार नगर्ने र अरुलाई पनि भ्रष्टाचार गर्न नदिने उहाँको प्रतिवद्धता छ । मेयरसाव हैन जनताको सेवक वनेर जनताकै सल्लाह अनुसार इटहरीको विकास र सम्वृद्धिको यात्रा अघि वढाउने सुब्बाको भनाई छ । उहाँ भन्नुहुन्छ “हामी इटहरीलाई सुशासनको नमूना वनाउछौ ।” इटहरीको विकासका लागि दीर्घकालिन नीति वनाएर अघि वढने एमालेको प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ । सुविधा सम्पन्न सभाहल,आधुनिक क्रिकेटमैदान,विभिन्न ठाँउमा खुल्ला ब्यायामशाला सहितका पार्क वनाउने एमाले इटहरीको योजना छ । इटहरी अस्पताललाई टमा सेन्टरसहितको सुविधासम्पन्न अस्पताल वनाइने प्रतिवद्धता गरिएको छ । मेयरका उमेदवार सुब्बा २०१५ साल भदौ २७ गते ताप्लेजुङ जिल्लाको सान्थाक्रामा जन्मनुभएको हो । उमेरले उहाँ अहिले साढे ६३ वर्ष पुग्नुभयो । पारिवारिक पृष्ठभूमि चिरपरिचित राजनीतिज्ञको रुपमा नभए पनि जुझारु स्वभावका सुब्बाले कलिलै उमेरमा राजनीति तर्फ आकर्षित हुनुभएको थियो ।
के के पढ्नु भयो ?
यामकुमार सुब्बाले ताप्लेजुङको सदरमुकाम फुङ्गलिङ स्थित अम्विटारमा रहेको भानुजन माध्यमिक विद्यालयबाट आधारभूत र माध्यमिक तहको अध्ययन पूरा गर्नुभयो । २०३३ सालतिर भानुस्कुलमा अध्यनरत रहदै उहाँ कम्युनिष्ट राजनीति तर्फ आकर्षित हुनुभयो । १८ वर्षको उमेरमै सुब्बा भूमिगत राजनीतिमा संलग्न हुनुभयो । त्यसपछि उच्च शिक्षाका लागि उहाँ काठमाडौँ जानुभयो । उहाँले नेपाल ल क्याम्पस वाट वीएल गर्नुभएको छ । औपचारिक शिक्षाका समयमा मेधावि छात्रका रुपमा रहनुभएका सुब्वाले विद्यालय र पाठ्यक्रमका पुस्तक मात्रै नभएर अन्य पुस्तक पनि मिहिन ढंगले अध्ययन गर्नुभएको छ । उहाँले विश्व कम्यूनिष्ट आन्दोलनको प्रार्दुभाव, इतिहास, वर्तमान अवस्थाका विषयमा लेखिएका अनेकन पुस्तक, आर्थिक विकासका आयाममा परिर्वतनको खाका भएमा पुस्तक त्यहि वेला पढनुभयो । यति मात्रै होइन् उहाँ समसामयिक विषयमा पनि निक्कै दखल राख्नुहुन्छन् ।
४५ बर्ष लामो राजनीतिक यात्रा
उहाँको राजनीतिक यात्रा ४५ वर्ष भन्दा लामो छ । उहाँ २०३३ सालमा ताप्लेजुङको भानुजन माध्यमिक विद्यालयमा अध्ययन गर्दा नै राजनीतिमा होमिनुभएको हो । सोहि विद्यालयमा हुँदा उहाँले कलिलो उमेरमा नै बामपन्थी राजनीति र राजनीतिज्ञसँग सम्बन्ध विस्तार गर्नुभयो । २०३४ सालमा काठमाडौँको भृकुटीमण्डपमा रहेको नेपाल ल क्याम्पसमा अध्यनरत रहदा अनेरास्ववियू इकाई कमिटि सदस्य हुनुभयो । त्यहाँ हुँदा उहाँले विद्यार्थी राजनीतिलाई झन् नजिकबाट नियाल्ने अवसर पाउनुभयो । जसले गर्दा उहाँलाई थप निखारता प्रदान गर्यो । यसका साथै बामपन्थी विद्यार्थी आन्दोलनलाई पनि नजिकबाट उहाँले स्पर्श मात्रै गर्नु भएन त्यसमा भिज्ने अवसर पनि पाउनुभयो ।त्यसको एक वर्षपछि अर्थात् २०३५ सालमा उहाँ नेकपा एमाले निकट जनसाँस्कृतिक उपत्यका मञ्चमा आवद्ध हुनुभयो । सोहि सालमा नै उहाँले काठमाडौँको मालिगाउँमा एमाले सदस्यताको कसम खानुभएको थियो । २०३५ सालले उहाँलाई यति मात्रै अवसर दिएन् । उहाँ २०३५ सालमा नै ताप्लेजुङ–काठमाडौँ सम्पर्क मञ्चको सदस्य बन्नुभयो । यसले उहाँलाई कर्म जिल्ला र गृह जिल्लासँग सम्पर्कमा रहन थप सहयोग पुग्यो । जसले उहाँको राजनीतिक ‘करियर’लाई थप परिस्कृत गर्यो । इमान्दार तर जुझारु स्वभावका सुब्बा २०३६ सालमा विद्यार्थी आन्दोलनमा सक्रिय हुनुभयो । ‘अस्कल काण्डमा’ परेर १७ दिनसम्म उहाँले प्रहरी हिरासतमा बस्नुपरयो । पञ्चायति कालरात्रीका समयमा हिरासतमा वस्नुपर्दा उहाँले देश र जनताको मुक्तिका लागि जीवनभर लडने कसम खानुभयो ।त्यसको दश वर्षपछि २०४६ सालको जनआन्दोलनमा नविन जोस र उत्साहका साथ सहभागि हुनुभयो । प्रजातन्त्र स्थापना पछि २०५६ सालमा उहाँले तत्कालिन इटहरी वडा नम्बर १ को ३ नम्बर टोल कमिटिको सचिव पदमा रहेर जिम्मेवारी वहन गर्नुभयो । यस्तै २०५७ सालमा नै उहाँ १ नम्बर वडा कमिटि सदस्य बन्नुभयो । २०५८ सालमा उहाँ १ नम्बर वडा कमिटिको सचिव पदमा पुग्नुभयो । उहाँले यो विचमा पार्टी र इटहरी नगरका लागि थुप्रै योगदान गर्नुभयो । उहाँले यहि योगदानको उच्च कदर गर्दै पार्टीले २०६१ सालमा नगर सदस्य पद दियो । त्यसको एक वर्षमा २०६२ सालमा नै उहाँ नेकपा (एमाले) इटहरी नगर कमिटिको सचिव बन्नुभयो ।
जनआन्दोलनका कमाण्डर
कर्तब्यपथमा कहिल्यै नझुक्ने र नचुक्ने छवि वनाएका याम सुब्बा २०६२/०६३ को जनआन्दोलनको एकजना कमाण्डर हुनुहुन्थ्यो । उहाँले संयुक्त संघर्ष समितिको सचिवको रुपमा रहेर जनआन्दोलनको नेतृत्व गर्नुभयो । सो संघर्ष समितिबाट सक्रिय रुपमा जनाआन्दोलनको नेतृत्व गर्दै गर्दा उहाँ १४ दिन प्रहरी हिरासतमा पर्नुभयो । पटक–पटक हिरासतमा पर्दा उहाँको निष्ठा झन खारिदै गयो । २०६६ साल नेकपा (एमाले)ले इटहरी नगरमा पाँचौँ नगर अधिवेशन गर्यो । सो अधिवेशनबाट उहाँ एमाले इटहरीको अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभयो । त्यसको ३ वर्ष पछि २०६९ सालमा छैटौँ नगर अधिवेशनबाट पुन: उहाँ नगर कमिटि अध्यक्षमा निर्वाचित हुनुभयो । २०७१ सालमा इटहरी पनि नगरपालिकाबाट उपमहानगरपालिकामा परिणात भयो । इटहरी उपमहानगरपालिकाको उहाँ २०७१ सालमा पार्टीको संयोजक बन्नुभयो । त्यसको अर्को वर्ष अर्थात् २०७२ सालमा उहाँ नेकपा (एमाले) सुनसरीको सदस्य हुनुभयो । २०७७ सालमा इटहरी उपमहानगर कमिटिको अध्यक्ष हुनुभयो । त्यसपछि २०७८ साल कात्तिक ९ गते भएको पार्टी प्रथम इटहरी उपमहानगर अधिवेशनबाट पुन: सर्वसम्मत रुपमा नगरअध्यक्षको जिम्मेवारी पाउनुभयो । उहाँ एमालेको आठौँ र नवौँ महाधिवेशन प्रतिनिधि पनि बन्नुभयो ।
सामाजिक क्षेत्रमा उत्तिकै सक्रिय
आफ्नो पार्टीगत जीवन सँगै सामाजिक क्षेत्रमा पनि सुब्बाको उत्तिकै संलग्नता छ । विभिन्न संघ संस्थामा रहेर समाज सेवा गरिरहनुभएको छ । सुब्बा उद्योग वाणिज्य संघ इटहरीको सलाहकार हुनुहुन्छ । यसका साथै बुढी गंगाजमुना मुक्तिघाट समितिको पनि उहाँ सल्लाहकार हुनुहुन्छ । योसँगै उहाँ ताप्लेजुङ – सुनसरी मञ्चको हालसम्म ४ कार्यकालसम्म अध्यक्ष बन्नुभएको छ । यस्तै उहाँको जन्मस्थलमा रहेको र उहाँले माध्यमिक तहसम्मको शिक्षा हाँसिल गरेको भानुजन माध्यमिक विद्यालय पूर्वविद्यार्थी मञ्चको सदस्य पनि हुनुहुन्छ । उहाँ अहिले स्थायी रुपमा बसोबास गरिरहेको सदावहार टोल विकास संस्थाको सल्लाहकारसमेत हुनुहुन्छ । यसका साथै उहाँ इटहरी, सुनसरी र ताप्जेजुङमा रहेका अन्य सामाजिक, परोपकारी संघ संस्थाको विभिन्न पदमा रहेर सेवा गरिरहनुभएको छ ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय