About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी । इटहरीमा विकासको अर्को युग सुरु हुनलागेको एमालेबाट मेयर उम्मेदवार यामकुमार सुब्बाले वताउनुभएको छ ।
उहाँले अघिल्लो पाँचवर्ष आफ्नै पार्टीबाट जितेर जाने मेयर उपमेयरले गरेको कामको जगमाअर्को नयाँयुग सुरु गर्ने वताउनुभएको हो । इटहरीमा आयोजित चुनावीकार्यक्रममा बोल्दै उहाँले पुर्वाधारका धेरै कामहरु अघिल्लो पाँचवर्षमा भएको बताउँदै अबको पाँचवर्ष पुर्वाधारको स्तरोन्नतीतथा इटहरीका दीर्घकालिन समस्या समाधान र यहाँको व्यवस्थितविकासमा केन्द्रित गर्ने बताउनुभयो ।
उहाँले विज्ञहरुको सल्लाह र योजनाअनुसार नगरवासीको सहयोग जुटाउँदै सबैलाई समेटेर यअघि बढ्ने वताउनुभयो । ‘नेकपाएमाले गाउँगाउँमाजनतालाई संगठित गर्ने र चेतनाको बिगुलफुक्ने काम गरेर आएको पार्टी हो,’ उहाँले भन्नुभयो, ‘त्यसैले एमालेले गर्ने काम दीर्घकालिनविकासकालागि हुन्छ ।’
उहाँले अघिल्लो कार्यकालका मेयर, उपमेयर लगायत वडाध्यक्षहरुलाई धन्यवाददिँदै अर्को नयाँविकासको रफ्तारका लागि एकजुट हुन र सहयोग गर्न आग्रह गर्नुभयो ।
‘इटहरीमाबसोबास र शहरीकरणको जुनगती छ, त्यहीगतीमायहाँको विकासलाई लानको लागि यसअघि राम्रो आधार तयार भएको छ,’ उहाँले भन्नुभयो, ‘अब त्यसलाई थपगतीदिन प्रतिबद्ध छु ।’
उहाँले आफु आर्थिक रुपमाकहिल्यै विवादितनभएको र अब पनि इमान्दारितापूर्वक भ्रष्टाचारलाई शुन्यमा झारेर काम गर्ने वताउनुभयो । ‘हिजोकाजनप्रतिनिधिहरुले, मेयर उपमेयरले पनिआफूलाईभन्दापनिविकासलाई केन्द्रमा राखेर इमान्दारितापूर्वक काम गर्नुभयो,’ उहाँले भन्नुभयो ‘म पनिइमान्दारितापूर्वक सबैलाई समेटेर अझै राम्रो तरिकाले काम गर्ने योजनामा छु, सबैको साथ सहयोगको अपेक्षागर्दछु ।’

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय