About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १७ वैशाख
उर्लाबारीका सशक्त युवा पत्रकार सरोज बस्नेत उर्लाबारी–७ को वडा सदस्यमा उम्मेद्वार बनेका छन् । नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र जसपाको गठबन्धनबाट नेकपा माओवादी केन्द्रको कोटाबाट वडा सदस्यको उम्मेद्वार बनेका हुन् ।
पत्रकारिताको माध्यमबाट समाजमा एउटा छाप बसाल्न सफल बस्नेत अब जनप्रतिनिधि भएर सामाजिक कामलाई थप अघि बढाउन चाहन्छन् । उनी अहिलेमात्र सामाजिक काममा सक्रिय हुन खोजेका भने होइनन् । एक दशकअघिदेखि पत्रकारितासँगै उनले सामाजिक कार्यलाई सँगसँगै अघि बढाएका छन् । सञ्चार क्लब नेपालको पूर्व अध्यक्ष, न्यानो अभियानको उपाध्यक्ष रहेका उनी समाजमा दुःख, पीडामा परेका गरिब, विपन्नको घरमा सहयोग जुटाउन जहिल्यै तयार हुन्छन् ।
उनकै नेतृत्वमा देश विदेशबाट सहयोग संकलन गरेर विरामीहरुको उपचार गरेको, गरिब विपन्नको घर बनाइदिएको, नमुना बालगृहमा सहयोग जुटाएको धेरै उदाहरण छन् । समाजमा केही गरौं भन्ने सोचाइ राखेर अघि बढेका उनै बस्नेत अहिले वडा सदस्य पदको उम्मेद्वार बनिरहँदा थप जिम्मेवारीका साथ वडाको विकासमा लागि पर्ने बताउँछन् । आफ्नो उम्मेद्वारीप्रति वडाबासीको सकारात्मक प्रतिक्रियाले आफू हौसला मिलेको उनले बताए ।
उनले आफ्नो फेसबुक वालमा लेखेका छन्, ‘मैले नेकपा माओवादी केन्द्रबाट उर्लाबारी वडा नं. ७ मा सदस्य पदमा उम्मेद्वारी दिइरहँदा सबैबाट सकारात्मक प्रतिकृया पाएको छु । कतिपयले भन्दै हुनुहुन्छ, सदस्य उठेर चाहिँ के गर्न सकिन्छ र, वडाध्यक्षसम्म भए ठिकै हुन्थ्यो । त्यो पनि अस्वभाविक होइन । तर, वडा सदस्यबाट पनि धेरै काम हुन सक्छ । यो एउटा मिसन हो । उम्मेद्वार बनेर नजितेसम्म ठूलो कुरा र जितेपछि भिजेको मुसा जस्तो गर्ने गरी मेरो उम्मेद्वारी होइन । हाम्रो वडामा धेरै समस्या छन् । कतै विकास खप्टिइरहेको छ भने कतै विकासको वि पनि भएको छैन । यसको अर्थ २०७४ सालमा निर्वाचित जनप्रतिनिधिबाट कामै भएन भन्ने प्रश्न उठ्छ । उहाँहरुले पनि प्रयास गर्नुभयो । तर, जहाँ चाहियो, त्यहाँ पुगेन । तालिम गोष्टी भए, त्यसले वडाबासीले के पाए, त्यो समिक्षा होला । उपभोक्तामार्फत काम गर्ने नीति ठिक छ । तर, पेटी ठेकेदारको हालिमुहाली बन्यो । उपभोक्तामार्फत भनेर पेटी ठेकेदारलाई दिने भए, सिधै ठेक्का लगाउने कामको सुरुवात हुनुपर्छ । यसमा विशेष खबरदारी रहनेछ । यी यस्ता धेरै कुरा छन् । क्रमशः आउने छन् । अब खोक्रो आश्वासनले मात्रै कसैले जित्छु भन्ने सपना नदेखौं । इमान्दारिताका साथ काम गर्न सकियो भने स्वम् वडाबासीले जिताउने कुरामा दुई मत छैन । मलाई मत दिनु भन्ने पक्षमा छैन, म भन्दा तपाईलाई अरु योग्य र वडाको हितमा काम गर्ने लाग्छ भने दिनुहोस् । तर, तपाईले ५ वर्षपछि भोट त दिइयो वडाको विकासै गरेन भन्ने गुनासो गर्ने छुट छैन । त्यसैले यो तपाईमात्र होइन समग्र गाउँ÷टोल र वडाको सवाल हो विचार पु¥याउनुहोस् । मतदान अघि । जय होस् सबैको ।’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय