About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १७ वैशाख
मोरङको उर्लाबारीमा राप्रपाका उम्मेद्वारहरुले भ्रष्टाचार नगर्ने सपथ खाएका छन् । आज उर्लाबारी–७ वैसाबारीमा रहेको पाथीभरा मन्दिरमा भेला भएर उनीहरुले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने बाचा कसम खाएका हुन् ।
राप्रपाबाट उर्लाबारीको नगर प्रमुख पदका उम्मेद्वार विनोद पोख्रेल, उपमेयर पदकी उम्मेद्वार निरुपा निरौलासहित ९ वटै वडाका वडाध्यक्ष, वडा सदस्य पदका उम्मेद्वारले भ्रष्टाचार नगर्ने प्रतिबद्धता जनाएका हुन् । राप्रपाले उर्लाबारीमा उठाएका ४५ जना उम्मेद्वारलाई पार्टीका केन्द्रीय सदस्य होम गौतमले सपथ गराएका हुन् ।
‘माता पाथीभरालाई साक्षी राखी राष्ट्रिय प्रजातन्त्र पार्टीको विधि, विधान, नीति, नियमभित्र रही यो राष्ट्रको राष्ट्रियताको समुन्नति, धर्म, संस्कार संस्कृति बचाउनका लागि आत्मसाथ गर्दै भ्रष्टाचारमुक्त नेपाल र सुशासनको राजनीतिको मुल फुटाउनको लागि इमान्दारिताका साथ आफ्नो जिम्मेवारी पालना गर्दछु’ प्रतिबद्धतामा उल्लेख छ, ‘म कुनै पनि भ्रष्टाचार गर्ने छुइन, यदि कसैले भ्रष्टाचार गरेको थाहा भएमा त्यस्ता भ्रष्टहरुको विरुद्ध लाग्ने छु । भ्रष्टाचाररहित नगर बनाउन अहोरात्र लाग्ने छु ।’ उम्मेद्वारहरुले आफूले भ्रष्टाचार गरेको पुष्टि भएमा आजैका मितिमा राजीनामा पत्रमा हस्ताक्षर गरिदिएको छु भनी सपथ लिएका हुन् ।
उक्त कार्यक्रमपछि सोही स्थानबाट सुरु भएको मोटरसाइकल ¥याली बरगाछी, उर्लाबारी चौक, हाटखोला, छाता चौक, आइतबारे, मंगलबारे हुँदै पुनः आइतबारे, स्कुलडाँडाबाट बरगाछी पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा मेयरका उम्मेद्वार विनोद पोख्रेल, उपमेयरकी उम्मेद्वार निरुपा निरौला, वडा नं. ७ बाट वडाध्यक्षका उम्मेद्वार ज्ञानेन्द्र ओलीले सम्बोधन गरेको वडा नं. २ का वडाध्यक्षका उम्मेद्वार तथा राप्रपा उर्लाबारीका सचिव खेम गौतमले जानकारी दिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय