About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १६ वैशाख
मोरङको उर्लाबारी–४ मा नेकपा एमालेका उम्मेद्वार आफ्ना प्रतिबद्धता लिएर मतदाता माझ पुगेका छन् । लामो समयदेखिको अनुभवले खारिएका वडाध्यक्षका उम्मेद्वार लक्ष्मीनारायण धिमाल नेतृत्वको टिमले यो वडाको विकासका एजेण्टा वडाबासी समक्ष प्रस्तुत गर्दै आएको छ ।
एमालेले वडा नं. ४ को वडाध्यक्षमा लक्ष्मीनारायण धिमाल, खुला सदस्यमा शेखरनाथ दाहाल र सुरेन्द्र न्यौपान, महिला सदस्यमा कृष्णमाया कडरिया र दलित महिला सदस्यमा अमृता नेपालीलाई उम्मेद्वार बनाएको छ । वडाको विकासका एजेण्डा पूरा गर्ने खालका उम्मेद्वार उठाइएको एमाले उर्लाबारी निर्वाचन परिचालन कमिटी संयोजक भूपालसिं जिमीले बताए ।
वडाका टोल टोलमा पुगेर वडाबासीका गुनासा सुन्ने र आफ्ना एजेण्डा प्रस्तुत गर्दै आएको सदस्य पदका उम्मेद्वार शेखरनाथ दाहालले बताए । आफूहरुको उम्मेद्वारीप्रति वडाबासी उत्साहित भएको उनले बताए । वैशाख १९ गते बिहानदेखि बेलुकासम्म नै मेयर पदका उम्मेद्वार गंगाप्रसाद खरेल, उपमेयर पदकी उम्मेद्वार मीना पौडेलसहित वडाका उम्मेद्वारहरु, निर्वाचन परिचालन कमिटीलगायत वडा नं. ४ मा चुनावी प्रचारमा आउने कार्यक्रम रहेको दाहालले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय