About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १६ वैशाख
साविक उर्लाबारी गाविस वडा नं. ४ (हाल उर्लाबारी ७) का वडाध्यक्ष बीरबहादुर थापाको विहीबार देहान्त भएपछि स्थानीय एमालेजन स्तब्ध र मर्माहत भएका छन् । थापाले ०५४ को स्थानीय निर्वाचनमा साविक वार्ड नम्बर ४ मा एमालेका तर्फबाट जित हासिल गरेका थिए । यतिबेला उनै थापाकी श्रीमती समेत रहेकी एमाले नेतृ उर्मिला थापा चुनावी मैदानमा छिन् । पतिशोकमा रहेकी वडाध्यक्ष पदकी उम्मेद्वार उर्मिला संस्कारगत कारणले चुनावी अभियानमा सहभागी हुन नसकेपनि सिंगो टिमलाई जिताउन कुनै कसर बाकी नराख्ने एमाले ७ नम्बर वडा कमिटीका अध्यक्ष योगेश बस्नेतले जानकारी दिए ।
‘वडाका अग्रज व्यक्तिको निधन भएको छ, हामी उहाँको ख्याती र लोकप्रियतालाई कायम राख्ने छौ’ बस्नेतले भने ‘शोकलाई शक्तिमा बदल्दै चुनावी अभियान अघि बढाएका छौ ।’ एमालेले ७ नम्बर वडामा चुनाव प्रचारप्रसार अभियानलाई तीव्रता दिएको बस्नेतले जानकारी दिए । उनका अनुसार दलित महिला सदस्य सीतादेवी विक, महिला सदस्य मनमाया तामाङ, खुला सदस्यहरु राजन दाहाल र हरिप्रसाद ढकाल सहितको टोलीले शुक्रबार बिहान तल्लो स्कुलडाँडाको बाघखोर, मिलडाँडा, कुलुङचौक र आसपासका टोलमा घरदैलो गरेको छ । उम्म्ेद्वारहरुले मतदाताका समस्या बुझ्न र आफ्ना कुरा राख्ने क्रम चलिरहेको छ । घरदैलो अभियानमार्फत मतदातालाई प्रत्यक्षरूपमा भेटघाट गरेर आफू र एमालेको टिमलाई जिताउनका लागि भोट दिन अपिल गरिएको एमाले ७ नम्बर वडा कमिटीका उपाध्यक्ष जिसन कार्की बताउछन् । उनले निर्वाचनमा एमालेका उम्मेदवारलाई अत्यधिक मत दिएर विजयी बनाउन जनसमुदायमा आग्रह गरेका छन् । सिंगो वडालाई समृद्ध बनाउन र समाजमा रहेको जातीय, वर्गीय विभेदको अन्त्यसँगै शिक्षा र चेतनाको विकास गर्नका लागि एमालेलाई मत दिनुपर्ने आधार रहेको कार्कीको भनाई छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय