About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १५ वैशाख
उर्लाबारीमा नेकपा एमालेले चुनावी अभियानलाई तीब्र पारेको छ । तीन दिनअघिदेखि सुरु गरेको अभियान उर्लाबारीका विभिन्न वडामा जारी रहेको एमाले नगर कमिटीका अध्यक्ष गंगाप्रसाद बास्तोलाले जानकारी दिए ।
नगर प्रमुख पदका उम्मेद्वार गंगाप्रसाद खरेल, उपप्रमुख पदकी उम्मेद्वार मीना पौडेलसहित सम्बन्धित वडाका वडाध्यक्ष, सदस्य पदका उम्मेद्वारहरु घरदैलोमा व्यस्त रहेका छन् । मतदाताका घरघरमा गएर आफ्ना एजेन्डा प्रस्तुत गर्दै आएको वडा नं. ६ का वडाध्यक्षका उम्मेद्वार घनश्याम भण्डारीले बताए । हाम्रो उर्लाबारी, राम्रो उर्लाबारी बनाउने विभिन्न एजेण्डा लिएर उर्लाबारीमा एमालेका उम्मेद्वारहरु मतदाता समक्ष पुगेका हुन् ।
एमालेले उर्लाबारीमा पार्टीका प्रदेश कमिटी सदस्य भुपालसिंह जिमीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेर चुनावी अभियानलाई अघि बढाइएको नगर अध्यक्ष बास्तोलाले बताए । वडाका टोल टोलमा भएका कार्यक्रममा पूर्वमन्त्री तथा नेकपा एमालेकी पोलिटव्युरो सदस्य शिवमाया तुम्बाहाङ्फे, एमाले केन्द्रीय अनुशासन आयोगकी सदस्य लक्ष्मीदेवी भण्डारी, निर्वाचन परिचालन कमिटी संयोजक भुपालसिंह जिमी, नगर र वडाका उम्मेद्वारहरुको सक्रिय सहभागिता रहेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय