About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

इटहरी,गठवन्धन उमेदवारी वाँडफाँडको किचलोमा फसिरहेकावेला नेकपा एमाले इटहरीले भने प्रचार अभियानलाई तिव्रता दिएको छ । नेकपा एमाले इटहरीले मेयरपदका उमेदवार याम सुब्बा,उपमेयर पदकी उमेदवार संगीता चौधरी र वडाका उमेदवार सहित घरदैलो अभियान गरिरहेको छ । आज वडा नम्वर ५को जनतावस्तिमा आमसभा भएको छ । सभालाई एमाले केन्द्रीय सदस्य लक्ष्मी गौतम,प्रदेश सांसद सर्वध्वज साँवा,प्रदेश सदस्य राम प्रसाद चौलागाई, जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीले सम्वोधन गर्दै इटहरीमा नेकपा एमालेको विजयलाई कसैले रोक्न नसक्ने वताउनुभयो । सभामा मेयरपदका उमेदवार याम सुब्बा,उपमेयर पदकी उमेदवार संगीता चौधरी र वडाध्यक्षका उमेदवार भिष्म घिमिरेले प्रतिवद्धता ब्यक्त गनुर््भयो । आजै वडा नम्वर ६ र ७मा घर दैलो कार्यक्रम गरिएको छ । हिजो वडा नम्वर १,२, ३,४मा भेटघाट, उमेदवार स्वागत,धरदैलो कार्यक्रम सम्पन्न भएको छ । भोली ९,१०,११ र १२ वडामा घरदैलो कार्यक्रम गरिने जनाइएको छ । गाँउ गाँउका जनताले पून एमालेको नेतृत्व इटहरीको आवश्यकता भएको जनाएको चुनाव परिचालन मुलब्यवस्थापन समितिका सह संयोजक हिमाल सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार गाँउ गाँउमा उत्साह र जागरणका साथ जनता चुनावको पर्खाईमा छन । नेकपा एमाले प्रतिको आशा र भरोषा झनै वढदै गएको सह संयोजक सुवेदीले जानकारी दिनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय