About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १५ वैशाख
एक्लाएक्लै मनोनयन दर्ता गराएका तीन राजनीतिक दलले उर्लाबारीमा चुनावी गठबन्धन गर्ने भएका छन् । नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गठबन्धन गर्ने निर्णय गरेका हुन् ।
तीन दलको भागबन्डा अनुसार नेकपा एसले मेयरसहित तीन वडाध्यक्ष, नेकपा माओवादी केन्द्रले उपमेयरसहित पाँच वडाध्यक्ष र जसपाले एक वडाध्यक्षको उम्मेद्वार पाउने भएको छ । नेकपा एसबाट मेयरमा उम्मेद्वारी दर्ता गराएका मानबहादुर श्रेष्ठ र नेकपा माओवादी केन्द्रबाट उपमेयरमा उम्मेद्वारी दर्ता गराएकी शिला भट्टराई गठबन्धनको उम्मेद्वार हुने भएका छन् । यो गठबन्धनले नेकपा एसबाट वडा नं. १ मा मचिन्द्रकुमार कार्की, वडा नं. ५ मा गोपाल भट्टराई र वडा नं. ९ मा सुन्दर श्रेष्ठ, नेकपा माओवादी केन्द्रबाट वडा नं. ३ मा कवि धिमाल, वडा नं. ४ मा मिलन दाहाल, वडा नं. ६ मा दिपक आले, वडा नं. ७ मा पवन चौधरी र वडा नं. ८ मा ईश्वरीप्रसाद पौडल तथा जसपाबाट वडा नं. २ मा मात्रिका धिमाललाई अघि सारेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय