
नेकपा एमालेका प्रदेश अध्यक्ष तुलसी न्यौपानेले एमालेले प्रदेश १ का ९५ पालिका जीत्ने दावी गर्नुभएको छ । सप्तकोशी एफएमको कार्यक्रम सप्तकोशी वहसमा कुरागर्दै उहाँले प्रदेश १ का १सय ३७ पालिका मध्ये ९५ पालिका एक्लै जित्ने दावी गर्नुभएको हो । गठवन्धनले एमालेलाई कुनै फरक नपार्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो “गठवन्धनमा जात्रा छ,हिजै मनोनयनमा हेर्नुभएन, ठाँउ ठाँउमा झडप भएर प्रहरी वोलाउनुपरेको ?” अध्यक्ष न्यौपानेले गठवन्धन अपवित्र भएकाले जनताले गठवन्धन नमान्ने तर्क गर्नुभयो । उहाँले एमालेले समावेशी उमेदवार उठाएको वताउनुभयो । प्रदेश १ का दश पालिकामा महिला प्रमुख उठाउने पार्टी एमालेमात्र भएको अध्यक्ष न्यौपानेको दावी छ । गठवन्धनले प्रमुख उपप्रमुख दुवै पदमा पुरुषनै उठाएर महिला प्रतिनिधित्व नगराउ खोजेको उहाँको भनाई छ ।



