About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १३ वैशाख
नेकपा एमाले उर्लाबारीले वडा नं. १ बाट घरदैलो अभियान सुरु गरेको छ । हिजो उम्मेद्वारको मनोनयन दर्ता गराएको एमालेले आजबाट घरदैलो अभियान सुरु गरेको हो । आफ्ना एजेन्डा जनता समक्षा पुर्याउन एमालेले ९ वटै वडाका टोलटोलसम्म अभियान सञ्चालन गर्ने नगर अध्यक्ष गंगाप्रसाद बास्तोलाले बताए ।
आज उर्लाबारी १ को कान्छीचौकबाट घरदैलो अभियान सुरु भएको हो । एमालेका मेयर पदका उम्मेद्वार गंगाप्रसाद खरेल, उपमेयर उम्मेद्वार मीना पौडेल, वडाध्यक्ष उम्मेद्वार तिलक पाण्डेसहित वडाका सदस्य पदका उम्मेद्वार गौरीशंकर दाहाल, गणेश माझी, टीका भुजेल र सन्तकुमारी विक घरदैलोमा जुटेका छन् । एमालेका उम्मेद्वारलाई विजयी गराउन आह्वान गर्दै पार्टी स्थायी कमिटी सदस्य डा. शिवमाया तुम्बाहाम्फे, उर्लाबारी नगरपालिकाका उपमेयर लक्ष्मीदेवी भण्डारीलगायत एमालेका नेता कार्यकर्ताको ठूलो संख्याले साथ दिएको छ । ठाउँठाउँमा कोणसभासहित घरदैलो भएको प्रेस चौतारी नेपालका केन्द्रिय लेखा आयोग सदस्य केदार चौहानले जानकारी दिए ।
यस्तै, आजै वडा नं. ३ मा पनि घरदैलो कार्यक्रम भएको छ । सो वडामा मेयर, उपमेयरका उम्मेद्वारसहित वडाध्यक्षका उम्मेद्वार भीष्म बुढाथोकी, वडा सदस्यका उम्मेद्वारहरु मित्रप्रसाद ढकाल, कृष्णकुमार थापा, ज्योति धिमाल र कृष्णकुमारी विक मतदाताको घरघरमा पुगेर आफ्ना प्रतिबद्धता राख्दै मत मागेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय