About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, २८ असार
सरकारले विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीलाई कोरोना खोप लगाउने भएको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको निर्णय अनुसार खोप उपलब्धताका आधारमा भोलिदेखि नै खोप अभियान सञ्चालन हुने जनाइएको छ ।
स्वास्थ्य सेवा विभागले आज ७७ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई पत्राचार गरी खोप अभियान सञ्चालन गर्न भनेको छ । चीनबाट आएको भेरोसेल खोप ५५ वर्षभन्दा माथि उमेर समूहका कोभिड विरुद्ध पहिलो मात्रा खोप लगाउन बाँकी सबैलाई, विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीलाई, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई लगाइने भएको छ ।
यस्तै, अमेरिकाबाट आएको जोन्सन एण्ड जोन्सन खोप ५० वर्षदेखि ५४ वर्ष उमेर समूहलाई, पूर्ण र अति अशक्त अपांगता भएका नागरिकलाई, हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई र स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाईकर्मीहरुलाई लगाइने मन्त्रालयले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय