About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

मधुमल्ला, १२ वैशाख
मोरङको मिक्लाजुङ गाउँपालिकामा नेकापा एमालेले अध्यक्ष उपाध्यक्ष सहित सबै वडामा वडाध्यक्ष र सदस्यहरु समेतको मनोनयन गरेको छ । सोमबार मध्यान ११ः३० बजेको समयमा नेकपा एमाले पार्टी कार्यालयबाट निस्किएको ¥याली निर्वाचन अधिकृतको कार्यालय पुगेर सबै पदमा मनोयन दर्ता गराएको नेकपा एमाले मिक्लाजुङ गाउँ कमिटी अध्यक्ष बुद्धिमान इम्सोङ लिम्बूले बताए ।
नेकपा एमालेबाट मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नरेन्द्रप्रसाद ढुंगेल र उपाध्यक्षमा निर्मला राईको मनोनयन दर्ता गरिएको छ । वडा नं. १ बाट वडाध्यक्षमा नरबहादुर राई तथा वडा सदस्यमा मनकुमारी राई, तारमाया बिश्वकर्मा, शनकुमार राई र रमेश राई, वडा नंं २ को वडाध्यक्षमा गौरीप्रसाद राई, सदस्यमा तिलाकुमारी घिमिरे कटुवाल, कृष्णकुमारी विश्वकर्मा, धनप्रसाद राई र मोहन राई, वडा नं. ३ को वडाध्यक्षमा सन्तोष मगर, सदस्यमा इन्दु लिम्बू, उमा नेपाली, चिरञ्जीबी पौडेल र शिवलाल खड्का, वडा नं. ४ को वडाध्यक्षमा लेनिन राई, सदस्यमा सविता राई, मिनाकुमारी विश्वकर्मा, मनिराज कोइराला र डिल्ली राईले मनोनयन गराएका छन् ।
यस्तै, वडा नं. ५ मा वडाध्यक्षमा मनोज ढकाल सदस्यहरुमा मल्ल श्रेष्ठ, इशारा दमाई नेपाली, कुल शमशेर राई र राजकुमार गौतम, वडा नंं ६ को वडाध्यक्षमा बुद्धिलाल निरौला, सदस्यमा शारदा मगर, सविना परियार, पूर्णबहादुर पाण्डे र योगराज काफ्ले, वडा नं. ७ को वडाध्यक्षमा शुसीलराज चौहान, सदस्यमा ढुकुमाया खत्री, पवित्रा विश्वकर्मा, चन्द्र राई र भूमि कोइराला, वडा नं. ८ को वडाध्यक्षमा नगिन्द्र कार्की (नविन), सदस्यमा लक्ष्मी दाहाल, मैना दर्जी, लाखबहादुर लिम्बू र हेमकुमार श्रेष्ठ र वडा नं. ९ को वडाध्यक्षमा गोविन्द भण्डारी, सदस्यमा कल्पना दनुवार, टिका विश्वकर्मा, मिलन श्रेष्ठ र नरबहादुर बुढाथोकीले उम्मेद्वारी दर्ता गराएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय